‘गेट वेल सुन पीएम’ : टिचिङमा प्लेकार्ड बोकेर प्रधानमन्त्रीको स्वास्थ्य लाभको कामना
बुधबार, २१ फागुन २०७६, १० : ०१
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको बुधबार दोस्रो पटक मिर्गौला प्रत्यारोपण हुदैछ । प्रत्यारोपणका लागि प्रधानमन्त्री ओली सोमबार साँझ त्रिवि शिक्षण अस्पताल भर्ना भएका छन् । यसैबीच प्रधानमन्त्रीको शीघ्र स्वास्थ्य लाभको कामनासहित अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनका नेता कार्यकर्ता बुधबार बिहानै त्रिवि शिक्षण अस्पताल पुगेका छन् ।
उनीहरुले प्रधानमन्त्रीको फोटोसहितका प्लेकार्ड बोकेर अस्पताल परिसर पुगेर स्वास्थ्य लाभको कामना गरेका हुन् । यसअघि उनीहरुले मङ्गलबार साँझ माइतीघरमा दीप प्रज्वलन गरेका थिए । प्रधानमन्त्रीको शीघ्र स्वास्थ्य लाभका लागि सबै नेपालीको तर्फबाट दीप प्रज्वलन गरिएको अनेरास्ववियूका संयोजक ऐन महरले जानकारी दिए ।'
यो पनि






खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२४ वर्षको खडेरी तोड्ने लक्ष्यका साथ मैदानमा ब्राजिल
-
ब्राजिल भर्सेस मोरक्कोः सुरुवाती ११ सार्वजनिक, नेयमार बिना नै मैदानमा ब्राजिल
-
ब्राजिल भर्सेस मोरक्को
-
अमेरिका र इरानबिच आइतबार शान्ति सम्झौता हुने ट्रम्पको दाबी
-
यो साता यी राशिहरूका लागि लाभको संकेत
-
विश्वकपमा कतारको पहिलो अंक: स्विट्जरल्यान्डसँग रोमाञ्चक बराबरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
