सिरियामा सडक दुर्घटनाः इराकीसहित ३२ जनाको मृत्यु
आइतबार, २५ फागुन २०७६, १५ : ४७
दमास्कस । सिरियामा शनिबार भएको सवारी दुर्घटनामा परी कम्तीमा ३२ जनाको मृत्यु भएको छ । मृत्यु भएकामध्ये केही इराकी नागरिक पनि रहेको अधिकारीले आइतबार जनाएका छन् ।
एउटा ट्याङ्करले दुईवटा बसलाई ठक्कर दिँदा अरु धेरै सवारीसाधन ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ । सिरियाको राजधानी दमास्कसदेखि होम्स प्रान्त जाने–आउने बाटोमा दुर्घटना भएको बताइएको छ ।
ट्याङ्करको ब्रेक फेल हुँदा अरु १५ वटा सवारीसाधन र दुई वटा ठूला बसलाई ठक्कर दिएको थियो । ती ठूला बसमा बढीजसो इराकी यात्रु रहेका जनाइएको छ ।
गृहमन्त्री मोहम्मद खालेद अल रहमानले घटनामा परी अरु ७७ जना घाइते भएको जानकारी दिए । राजधानी दमास्कस नजिकैको धार्मिकस्थलतर्फ गइरहेको बेला सो दुर्घटनामा परेका अधिकाँश शिया मुस्लिम धर्मावलम्बी रहेको बताइएको छ । –एएफपी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शौचालय जाम भएपछि डाइभर्ट भयो एयर इन्डियाको फ्लाइट
-
पूर्वमन्त्री नेपालको निधनप्रति सभामुख घिमिरेद्धारा दु:ख व्यक्त
-
१ करोड ५० लाख जरिवाना मुद्दाका फरार व्यक्ति पक्राउ
-
पूर्वमन्त्री नेपालको निधनप्रति प्रचण्डद्धारा दु:ख व्यक्त
-
टायल्स उत्पादनमा नयाँ मापदण्ड ल्याउँदै सरकार, कसरी चिन्ने गुणस्तरीय उत्पादन ?
-
एनआरएनएको मुद्दा पूर्ण इजलासमा पेस गर्न सर्वोच्चको आदेश, अब के हुन्छ ?