कोरोना आतंकः अस्ट्रेलियामा रहेका नेपालीलाई दूतावासको यस्तो अपील
काठमाडौँ । अस्ट्रेलियास्थित नेपाली राजदूतावासले अस्ट्रेलियाका विभिन्न स्थानमा रहेका नेपालीलाई संयमित एवं सतर्क हुन अपिल गरेको छ ।
अस्ट्रेलियामा कोरोनाभाइरसको संक्रमण देखिएको र एक नेपाली विद्यार्थीमा समेत संक्रमण फेला परेको अवस्थामा नेपाली राजदूतावासले त्यहाँ रहेका नेपाली समुदायलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको हो ।
दूतावासले संक्रमित विरामीको सम्पर्कमा नआउने, स्थानीय सरकारका ‘हेल्थ अथोरिटीज’ बाट जारी भएको निर्देशनसमेतलाई मनन् गरी अत्यावश्यक काम परेमा बाहेक भीडभाडमा नजाने र सकेसम्म भीडभाड हुने प्रकृतिका कार्यक्रम आयोजना नगर्न पनि आग्रह गरेको छ ।
यस्तै, हाच्छिउँ गर्दा वा खोकी लाग्दा रुमाल वा टिस्यु पेपरले मुख छोप्ने, फोहोर हातले नाक, मुख र आँखा नछुने, पटक पटक साबुन पानीले हात धुने र स्यानिटाइजरको प्रयोग गर्न पनि दूतावासले आपील गरेको छ ।
सम्भव भएसम्म कसैसँग हात नमिलाउने, अंकमाल नगर्ने, अधिकृत वारिसनामा, मञ्जुरीनामा लगायत राजदूतावासमा स्वयं उपस्थित भई सहीछाप गरिदिनुपर्ने कामका लागि बाहेक अन्य सेवाका लागि आफू नआइ द्रुत मेल (हुलाक) मार्फत कागजातहरु पठाउन पनि आग्रह गरिएको छ ।
रुघा, खोकी, ज्वरोजस्ता समस्या देखा परेमा तत्काल नजिकको स्वास्थ्य केन्द्रमा सम्पर्क गर्न पनि दूतावासले आग्रह गरेको छ ।
हालै नेपालबाट अस्ट्रेलियाको होबार्ट पुगेका एक नेपाली विद्यार्थीमा कोरोनाभाइरसको संक्रमण देखिएकाले हाल निजको रोयल होबार्ट अस्पतालमा उपचार भइरहेको र निजको अवस्थामा सामान्य एवं सुधारोन्मुख रहेको जानकारी उक्त अस्पतालबाट प्राप्त भएको दूतावासको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पानी नपर्दा धानको ब्याड राख्न ढिलाइ
-
रास्वपाका वडा सभापतिको चन्दा पत्र भाइरल, प्राविधिक गल्ती भएको दाबी
-
सुनको मूल्य प्रतितोला २ लाख ९३ हजार नाघ्यो
-
उपाधि दाबेदार जर्मनीविरुद्ध बलियो प्रभाव छाड्ने दाउमा ‘डेब्युटेन्ट’ कुरासाओ
-
नागढुङ्गा–नौबिसे सडकमा कालोपत्रेको काम पुनः सुरु
-
कैलालीको गोदावरी वन क्षेत्रबाट गुल्टाइएको टेम्पुबारे वन कार्यालयले दियो यस्तो प्रस्टीकरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण