खेतमा घाँस काटेको भन्दै निर्घात कुटपीट
रौतहट । रौतहटको फतुवा विजयपुर नगरपालिकास्थित खेतमा गएको आरोपमा एकजना अधबैँसे महिलालाई निर्घातरूपमा कुटपिट भएको छ। खेतमा प्रवेश गरी घाँस काटेको भन्दै फतुवा बिजयपुर वडा ८ बजारटोलका रामप्रवेस साहले बडहरवाटोलका फिदाहुसेनको श्रीमती ५० बर्षिया मोगलपानी खातुनलाई निर्घात कुटपिट गरेका हुन् ।
साहले हात तथा उखुको लौरो बनाएर आफ्नो दुवै हात, तिघ्रा र संवेदनशील अङ्गहरुमा समेत प्रहार गरेको पीडितले बताएकी छिन् ।
४ दिन अघि अरुकै खेतमा घाँस काटेर आउने क्रममा रामप्रवेस साहले जबरजस्ती मेरो खेतमा किन गइस् भन्दै भुइँमा लडाएर कुटपिट गरेको उनले बताइन् ।
घटनाबारे ईलाका प्रहरी कार्यालय विजयपुरमा उजुरी दिँदा पीडकबाट सामान्य उपचार मात्र गर्न लगाएर उन्मुक्ति दिइएको पीडितको आरोप छ ।
यता, प्रहरी निरीक्षक चन्द्रकिशोर साहले घटनाबारे आवश्यक अनुसन्धान भैइरहेको बताएका छन ।
जिल्ला प्रहरी प्रमुख एसपी रविराज खड्काले महिला कुटिएको घटनाबारे आफूले गम्भीरतापूर्वक लिएको र दोषी उम्कन नसक्ने विश्वास दिलाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
पहिलो हाफमा स्विट्जरल्यान्डको अग्रता
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
-
कतार र स्विट्जरल्यान्डको खेल सुरु
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण