बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

गगन–प्रदीपलाई दायाँ–बायाँ राखेर सिटौलाले भने: हामी सँगै छौँ

सोमबार, ०३ चैत २०७६, १८ : ३०
सोमबार, ०३ चैत २०७६

काठमाडौं । नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले १३ औँ महाधिवेशनका सारथी आफूसँगै रहेको सन्देश दिएका छन् । पार्टी सभापति शेरबहादुर देउवाको पछिल्लो निर्णय र वरिष्ठ नेता रामचन्द्र पौडेलले केही दिनअघि रातोपाटीलाई दिएको अन्तरवार्तापछि सिटौला समूहको अस्तित्वमाथि प्रश्न उठेको थियो ।

देउवाले विभाग  गठन र केन्द्रीय तथा आमन्त्रित केन्द्रीय सदस्यकोमनोनय गर्दासिटौला समूहका केही नेताहरुले संस्थान पाएका थिए ।  देउवाले केन्द्रीय सदस्य शिव हुमागाईँलाई श्रमिक तथा ट्रेडयुनियन विभागको प्रमुख र सुधिर सिवाकोटीलाई केन्द्रीय सदस्यमा मनोनयन गरिएका थिए ।

यता, वरिष्ठ नेता पौडेलले केन्द्रीय सदस्यद्वय गगन थापा र प्रदीप पौडेलले सिटौला समूह छोडेर आफ्नो समूहमा आएको अभिव्यक्ति दिएको थिए । देउवाको निर्णय र पौडेलको अभिव्यक्तिबारे केही दिन मौन रहेको सिटौला सोमबार काठमाडौंको बत्तिसपुतलीमा १३ औँ महाधिवेशनका सारथीलाई भेला गराए ।

भेलामा थापा, पौडेल, हुमागाईँ सांसद भीमसेनदास प्रधान, नेतृ धना खतिवडा, मुक्ता यादव, नेविसंघका महामन्त्री बलदेव तिमिल्सेना, पूर्वमहामन्त्री कुन्दराज काफ्लेलगायत करिब २०० कार्यकर्ताको उपस्थिति रहेको थियो । यद्यपि, उनी उमाकान्त चौधरी भने गृह बारामा रहेकाले उपस्थित हुन सकेनन् । 

आफू निकट कार्यकर्ताको भेलामा देउवाले लिएको निर्णयबारे ठोस धारणा नराखेका सिटौलाले पौडेलको अभिव्यक्तिको खण्डन गरेका छन् । ‘हाम्रो समूहका सबै साथीहरू सबै एक ठाँउमा छन् । यो विस्तारित हुँदैछ । पार्टीलाई नेतृत्व दिएर समय सापेक्ष गति दिन सक्ने हाम्रो समूहको काम हो । आन्तरिक लोकतन्त्र बलियो बनाउने हाम्रो अभियान हो,’ गगन थापातिर हेर्दै सिटौलाले भने, ‘कसैले भने जस्तो कोही साथी छनौँ, सबै एकै ठाउँमा छौँ ।’

समय परिस्थितलाई बुझेर पार्टी र देश हाक्न सक्ने ताकत आफ्नो समूहसँग मात्र रहेको सिटौलाको दाबी छ । साथै उनले समयमै महाधिवेशन गराउने मुद्दालाई पार्टीभित्र जोडतोडका साथ लैजाने बताए । यस्तै, कार्यक्रममा नेता थापाले पनि आफू सिटौलासँगै रहेको बताए । ‘पार्टी नेता सिटौलाको नेतृत्वमा हामी लागेका छौं । पार्टीभित्र परिवर्तनको पक्षमा लाग्न हामी एक भएका हौँ । हामी कहीँ नअल्मलिएर लागेका छौँ, त्यसमा अडिग छौँ ।’

पार्टी सभापतिले पार्टी नचलाए एउटा समूह चलाएको आरोप लगाए । उनले भने, ‘पार्टी सभापतिले एक समूह चलाउनुभएको छ । सभापति भइसकेपछि समूह चलाउन पाउनुहुन्न तर, अहिले त्यस्तै भएको छ ।’ यस्तै, प्रदीप पौडेलले पनि आफूहरु पार्टीको पहिलो र दोस्रो समूहतिर नलागेको बताए । उनले भने,‘हामी एकै ठाउँमा होइन कि भन्ने कुरा पनि कतिले आशंका गर्ने परिस्थिति निर्माण भयो । त्यो बारेमा साथीहरुलाई प्रष्ट पार्ने उद्देश्यले पनि यहाँ जमघट भएका हौं । हामी सबै उकै ठाउँ छौँ ।’ पद प्राप्तिका लागि आफूहरु नजोडिएले पार्टीलाई प्रगतिशील बाटोमा अगाडि लिएर जाने यात्रा जारी रहेको उनले बताए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप