कोरोनाभाइरसका कारण भारतमा तीन जनाको मृत्यु
मुम्बइ– कोरोनाभाइरसका कारण भारतमा तीन जनाको मृत्यु भएको छ । महाराष्ट्रको कस्तुरबा अस्पतालमा कोरोनाभाइरस (कोभिड–१९)बाट एक ६४ वर्षीय बृद्धको मृत्यु भएको छ ।
कोरोनाभाइरसको सवैभन्दा बढी संक्रमित महाराष्ट्रमा देखिएका छन् । महाराष्ट्रमा हालसम्म ३९ केसहरु बाहिर आएका छन् । जसमध्ये तीनजना विदेशी नागरिक रहेको भारतीय संचार माध्यमले जनाएका छन् । भारतमा हालसम्म १२९ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ ।
हालसम्म भारतमा कोरोनाका कारण तीन जनाको मृत्यु भएको छ । यी मध्ये एक कर्नाटक, एकजना दिल्ली र एकजनाको मृत्यु महाराष्ट्रमा भएको छ ।
यसैबीच, मन्त्रिपरिषद्का सचिवहरुले भारतीय चिकित्सा अनुसन्धान परिषद् (आइसीएमआर), केन्द्रीय स्वास्थ्य मन्त्रालय र अन्य मन्त्रालयका कोरोनाभाइरस सम्बन्धी वरिष्ठ अधिकारीहरुसँग भेट गर्दैछन् ।
केन्द्रीय स्वास्थ्य मन्त्री डा. हर्ष वर्धनले आज साँझ राष्ट्रपति रामनाथ कोविन्दलाई भेट्ने र कोरोनाभाइरससम्बन्धी तयारीका बारेमा छलफल गर्ने भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा गोरखाको सभापतिमा क्षेत्री विजयी
-
इरिक्सनको स्वास्थ्यमा सुधार, ‘पेसमेकर’ ले सही काम गरेको चिकित्सकको भनाइ
-
मैदानमै फेरि ढले डेनिस स्टार क्रिस्टियन इरिक्सन, युक्रेनविरुद्धको खेल रद्द
-
१२ बजे १२ समाचार: सरकारमाथि कांग्रेसको निगरानीदेखि ओलीका स्वकीय सचिवमाथि अनुसन्धान सुरुसम्म
-
‘बार्न’ अध्यक्षमा घिमिरे निर्वाचित
-
दरबार रोधीको १८औँ वार्षिकोत्सवमा दृष्टिविहीन कलाकारलाई सहयोगको घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण