एटिएम र अनलाइन पेमेन्टमा अब कुनै शुल्क नलाग्ने (विज्ञप्ति सहित)
काठमाडौं । अबदेखि एटीएम लगायत कुनै पनि अनलाइन कारोबार पूर्ण रुपमा निःशुल्क भएको छ । नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एशोसिएसन अफ नेपाल र नेपाल वित्तीय संस्था संघले यस्तो कारोबारमा लाग्ने शुल्क अबदेखि पूर्ण रुपमा निःशुल्क गर्ने जनाएको हो ।
शुक्रबार तीनवटै संस्थाले संयुक्त विज्ञप्ति जारी गर्दै तीनवटा निर्णय सार्वजनिक गरेका छन् । जसअनुसार इन्टरनेट, मोबाइल लगायतका विद्युतीय माध्यमबाट हुने कारोबारमा कुनै पनि शुल्क लाग्ने छैन । त्यस्तै, नेपालभर रहेका कुनै पनि बैंक तथा वित्तीय संस्थाको एटीएम प्रयोग गर्दा कुनै शुल्क लाग्ने छैन भने नेपाल क्लियरिङ हाउसको कनेक्ट आईपीएसको प्रयोग गर्दा पनि कुनै शुल्क लाग्ने छैन ।
उक्त सेवा अर्को सूचना जारी नभएसम्मका लागि लागु हुने समेत स्पष्ट पारिएको छ । सरकारले कोरोना भाइरस नियन्त्रणका लागि २५ जनाभन्दा बढी भेला हुन नपाउने व्यवस्था गरेको तथा अत्यावश्यकबाहेक कसैलाई पनि हिँडडुल नगर्न गरेका आग्रहलाई मध्यनजर गर्दै उक्त निर्णय गरेको जनाइएको छ ।
विश्व स्वास्थ्य संगठनले समेत नेपाललाई कोरोना भाइरस संक्रमणको उच्च जोखिम भएको राष्ट्रमा समावेश गरेको अवस्थामा सो निर्णय गरिएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्मल पुर्जाको ५७ औँ पटक आठ हजार मिटर अग्ला हिमालको सफल आरोहण, सांसद शेर्पाद्वारा बधाई
-
त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा
-
सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा निर्माण कार्य खरिदसम्बन्धी परिमार्जित नमुना बोलपत्र जारी
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण