आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

जङ्गली हात्तीको समूह जब गाउँको मदिरा भट्टीमा पस्यो, मातेपछि देखाए रमिता

शनिबार, ०८ चैत २०७६, ११ : ५०
शनिबार, ०८ चैत २०७६

बेइजिङ । सामान्यतया जङ्गली हात्तीको समूह गाउँमा पसेर घर भत्काएको, अन्न बाली सखाप पारेका समाचार प्रकाशमा आइरहन्छन् ।

तर चीनमा जङ्गली हात्तीको एउटा समूहले रमिता नै देखाएको छ । दक्षिण पश्चिम चीनको युनान प्रान्तको एउटा गाउँमा १४ वटा हात्तीको एउटा समूह गाउँ पसेर स्थानीय मदिरा भट्टीमा रहेको करिब ३० लिटर मदिरा पिएका छन् ।

सिसिटिभी फुटेजमा देखिएअनुसार हात्तीको समूह मदिरा भट्टीको भण्डार कक्षमा रहेको मदिरा पिएर फर्किएको देखिन्छ । त्यहाँबाट जङ्गलतर्फ फर्किने क्रममा हात्तीको सो समूह एउटा चिया बगानमा पुग्छ ।

चिया बगानमा पुग्दा हात्तीमा मदिराको असर देखिन थाल्छ । लर्बराउँदै हिँडेका हात्तीमध्ये दुईवटा हात्ती एक अर्काको सहारा बनेका देखिन्छन् । मदिराको मातमा दुवै हात्ती अघि बढ्न नसकेपछि एकै ठाउँ बस्छन् र निदाउँछन् ।

चिनियाँ सामाजिक सञ्जालमा स्थानीय एक युवकले हात्तीका ती सबै रमितालाई सार्वजनिक गरेका छन् ।

स्थानीयबासीका अनुसार १४ हात्तीमध्ये दुईवटा हात्तीले मदिरा भट्टीमा रहेको मदिरा धेरैमात्रामा पिएका थिए । सामाजिक सञ्जालमा भाइरल भएपछि युनान प्रान्तका अधिकारीहरुले उक्त घटनाको पुष्टि गरेका छन् । उक्त घटना अघिल्लो गर्मी याममा भएको उनीहरुले जनाएका छन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप