कोरोनाको त्रास : असन–इन्द्रचोकदेखि सडकसम्म यस्तो देखियो (फोटोफिचर)
काठमाडौं । सरकारले आइतबारदेखि लागू हुनेगरी अत्यावश्यकबाहेकका सेवा बन्द गरेपछि राजधानीमा सवारीसाधनको चाप कम हुनुका साथै सर्वसाधारणको आवतजावत पनि पातलो देखिएको छ ।
यस्तै बजार पनि छिटफुटरुपमा खुलेका छन् । विशेषगरी साँघुरो गल्लीभित्रको बजार र मानिसहरुको भिडभाड रहने असन इन्द्रचोकलगायतका क्षेत्रमा पनि साविकको भन्दा कम भिडभाड देखिएको छ भने अधिकांश पसलहरु बन्द रहेका छन् ।
कतिपयपयले कोरोना भाइरस संक्रमणको जोखिमका कारण व्यवसाय बन्द गरिएका सूचना टाँसेका छन् ।
यस्तै सवारीसाधन पातलो चल्दा यात्रुहरुलाई गन्तव्यमा पुग्न समस्या देखिएको छ । कतिपय गन्तव्यसम्म पुग्नका लागि बस स्टपमा सार्वजनिक यातायातको प्रतिक्षामा रहेका देखिन्थे ।
अधिकांश सर्वसाधारण कोरोना संक्रमणको जोखिमबाट बच्न मास्क लगाएर हिँडडूल गरेको दृश्य देखिन्छ ।
सरकारले आइतबारदेखि आगामी चैत २१ गतेसम्मका लागि अत्यावश्यकबाहेकका सेवा बन्द गरेको छ ।


























खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२४ वर्षको खडेरी तोड्ने लक्ष्यका साथ मैदानमा ब्राजिल
-
ब्राजिल भर्सेस मोरक्कोः सुरुवाती ११ सार्वजनिक, नेयमार बिना नै मैदानमा ब्राजिल
-
ब्राजिल भर्सेस मोरक्को
-
अमेरिका र इरानबिच आइतबार शान्ति सम्झौता हुने ट्रम्पको दाबी
-
यो साता यी राशिहरूका लागि लाभको संकेत
-
विश्वकपमा कतारको पहिलो अंक: स्विट्जरल्यान्डसँग रोमाञ्चक बराबरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण