बुटवलमा भेन्टिलेटरको सुविधासहित ५० शैयाको ‘कोरोना विशेष अस्पताल’ तयार
बुटवल । बुटवलको बन्द अवस्थामा रहेको धागो कारखानामा बुटवल उपमहानगरपालिकाले लुम्बिनी प्रादेशिक अस्पतालसँगको सहकार्यमा ५० शैयाको ‘कोरोना विशेष अस्पताल’ तयार पारेको छ । पहिलो चरणमा भेन्टिलेटरको सुविधासहित ५० शैयाको अस्पताल तयार पारिएको उपमहानगरको भनाइ छ ।
आवश्यक परेका खण्डमा थप टेन्ट लगाएर क्षमता विस्तार गर्न सकिने उपमहानगरपालिकाले जनाएको छ ।

क्वारेन्टाईनका लागि सय कोठा तयार
बुटवलमा क्वारेन्टाइनका लागि सामुदायिक विद्यालयका करिब एक सय कोठाहरुलाई प्रयोग गर्नेगरी तयारी अवस्थामा राखिएको छ ।

बुटवल उपमहानगरका स्वास्थ्य तथा जनसंख्या महाशाखा प्रमुख मित्रमणी खनालका अनुसार एक सय कोठालाई तयारी अवस्थामा राखिएको छ । ती स्थलमा उपयुक्त शौचालय, स्नानागार, भान्सा कोठादेखि उपयुक्त विस्तारासम्मको व्यवस्था मिलाउने काम भएको खनालले बताए ।
बुटवल उपमहानगरपालिकाले लुम्बिनी प्रादेशिक अस्पताल र यहाँका निजी तथा सामुदायिक अस्पताल एवम् औषधि व्यवसायीसँगको सहकार्यमा क्वारेन्टाइन र आइसोलेशन कक्ष निर्माण गरेकोमा सराहना गर्दै यहाँका राजनीतिक दलहरुले सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन् । नेपाली काँग्रेसका नेता खेलराज पाण्डेको नेतृत्वमा गएका विभिन्न आठ दलका प्रतिनिधिहरुले प्रमुख सुवेदी, अस्पतालका अध्यक्ष भट्टराई, फोकल पर्शन डा. सुदर्शन थापा लगायतलाई भेट गर्दै आफुहरु सहकार्यका लागि तयार रहेको बताएका थिए ।



खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
-
सुदूरपश्चिम प्रदेशसभा : वार्षिक नीति कार्यक्रम पारित
-
धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना
-
सन् २०२२ देखि युक्रेनको सार्वजनिक ऋण ११० अर्ब अमेरिकी डलरभन्दा बढीले वृद्धि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण