सुनसान बसपार्क र विमानस्थल (फोटोफिचर)
काठमाडौं । दिनहुँ भिडभाड रहने राजधानीको गोंगबुस्थित नयाँ बसपार्क सोमबार सुनसान छ ।
कोरोना भाइरसको संक्रमण हुन नदिन सरकारले सोमबारदेखि नै लागू हुनेगरी लामो दूरीको यात्रुबाहक सवारी सञ्चालनमा रोक लगाएसँगै बसपार्क पनि सुनसान बनेको हो । यस्तै अहिले सर्वसाधारणलाई घरबाहिर समेत ननिस्कन आग्रह भएअनुसार सर्वसाधारण सडकमा पनि छिटफुट मात्रै देखिन्छन् ।

बसपार्कलगायतका क्षेत्रमा घर जानका लागि हजौंरौं यात्रु पुगेपछि वितेको केहीदिन भने थप भिडभाड देखिन्थ्यो ।
उता त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल परिसरमा पनि चहलपहल देखिँदैन । सरकारले विदेशबाट आउने अन्तराष्ट्रिय उडानमा रोक लगाएको छ भने नेपालबाट आज ४ वटा फ्लाइट हुँदैछ । आन्तरिकतर्फ भने निर्वाध रुपमा जहाज चलिरहेका छन् ।

नेपालमा कोरोना भाइरस दुई जनामा देखिइसकेको छ। एक जना चीनबाट आएका नेपाली र अर्का एक जना फ्रान्सबाट आएका नेपालीमा संक्रमण देखिइसकेको छ । चीनबाट आएका नेपाली अहिले निको भइसकेपनि फ्रान्सबाट नेपाल आएका नेपालीको भने उपचार भइरहेको छ।










खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२४ वर्षको खडेरी तोड्ने लक्ष्यका साथ मैदानमा ब्राजिल
-
ब्राजिल भर्सेस मोरक्कोः सुरुवाती ११ सार्वजनिक, नेयमार बिना नै मैदानमा ब्राजिल
-
ब्राजिल भर्सेस मोरक्को
-
अमेरिका र इरानबिच आइतबार शान्ति सम्झौता हुने ट्रम्पको दाबी
-
यो साता यी राशिहरूका लागि लाभको संकेत
-
विश्वकपमा कतारको पहिलो अंक: स्विट्जरल्यान्डसँग रोमाञ्चक बराबरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण