आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

दाङ बेलझुण्डिमा सय शय्याको आइसोलेसन अस्पताल बन्दै

बुधबार, १२ चैत २०७६, १० : ०५
बुधबार, १२ चैत २०७६

घोराही – प्रदेश सरकारले  बिभिन्न जिल्लामा आइसोलेसन अस्पताल बनाउने निर्णय अनुसार दाङको बेलझुण्डीमा प्रदेश ५ को सरकारले आइसोलेसन अस्पताल बनाउन सुरु गरेको छ ।  

आन्तरिक मन्त्री कुलबहादुर केसी सोनाम नेतृत्वको मन्त्रीस्तरीय टोली अस्पताल निर्माणमा सयोजनकारी भूमिका खेल्न प्रदेश सरकारले जिम्मेवारी दिइसकेको छ ।  

प्रदेश सरकारले कोरोना भाइरस (कोभिड–१९)को सक्रमणको जोखिमबाट बच्नका लागि जिल्लाको बेलझुण्डीमा कोरोना भाइरस नियन्त्रणका लागि आइसोलेसन अस्पताल  निर्माण कार्य सुरु भएको दाङका प्रमुख जिल्ला अधिकारी गोबिन्द रिजालले जानकारी दिए । आइसोलेसन बनाउने नेपाली सेनाको टोलि खटिएको छ । सेनाको टोलीले काम सुरु गरिसकेको बनाउन सुरु गरिएको प्रजिअ रिजालले बताए ।

तुलसीपुर उपमहानगरपालिका–१७ को बेलझुण्डीमा रहेको केन्द्रीय आयुर्वेद विद्यापीठको बहिरंग भवनमा आइसोलेसन अस्पताल निर्माणको काम जारी राखीएको र कोरोना भाइरसको साबधानीको लागि  पूर्ब तयारी स्वरुप प्रदेश सरकारको योजना बमोजिम आइसोलेसन अस्पताल बनाउन काम सुरु भइसकेको  प्रमुख जिल्ला अधिकारी रिजालले जानकारी दिए। प्रदेश सरकारको निर्णय अनुसार दाङको बेलझुण्डीमा रहेको नेपाल संस्कृत विश्वविद्यालय केन्द्रीय आयुर्वेद विद्यापीठको बहिरंग भवनमा आइसोलेसन अस्पताल बनाउने काम भइरहेको उनले बताए।

‘अस्पताल बनाउनेदेखि सोहि हाताभित्र सरसफाइदेखि बेडहरु राख्ने र त्यसलाई  मिलाउने काम भइरहेको पनि प्रजिअ रिजालले बताए । आइसोलेसन अस्पताल तयार भएमा कोरोना भाइरसका शंकास्पद बिरामीको उपचारमा सहजता हुने यहाँका स्थानीयले बिस्वास लिएका छन् । प्रदेश सरकारले मन्त्रीहरुलाई तोकेर अस्पताल निमार्ण तथा कोरोना भाइरसको नियन्त्रणमा लागी निर्णय गरेको छ । यस अधि बुटवलमा अस्पतलमा तयार भएको छ । भिम अस्पताल भैरहवा , वाँके पनि बनाउने तयारी भईरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप