हातमुख त जोड्नै प-यो...
काठमाडौँ । कोरोनाभाइरसको संक्रमण नफैलियोस् भनेर नेपाल सरकारले यतिबेला देशभर लकडाउन गरेको छ । लकडाउनका कारण देश नै यतिबेला ठप्प छ । एक्कासी घोषणा गरिएको लकडाउनका कारण धेरैको घरमा खाद्यान्नको अभाव छ । सरकारले दैनिक उपभोग्य सामानको अभाव हुन नदिन पसलहरु खुल्ला राख्न दिने बताए पनि अधिकांश पसलहरु बन्द रहेका छन् । स्पष्ट निर्देशन नहुँदा प्रहरी नै किराना पसलहरु बन्द गराउँदै हिँडेका छन् ।
लकडाउनमा पनि बिगतमा कर्फ्यू लाग्दा वा बन्द हुँदा जस्तै अभ्यास देखिन्छ । साँझको समयमा फाट्टफुट्ट पसल खुल्छन् । पसल खुल्ने बित्तिकै खाद्यान्न जोहो गर्नका लागि मानिसहरुको भीड लाग्ने गर्छ । आखिर लकडाउन भए पनि हातमुख त जोड्नै प-यो ।
लकडाउनको समयमा सरकारले दैनिक उपभोग्य सामानहरु सर्वसाधारणलाई कसरी उपलब्ध गराउने भन्ने विषयमा कार्यविधि नै बनाउनुपर्ने देखिएको छ । किनभने दिनभर लकडाउनमा बसेर साँझ भीडभाड गर्ने हो भने लकडाउन सफल हुन सक्दैन ।










खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२४ वर्षको खडेरी तोड्ने लक्ष्यका साथ मैदानमा ब्राजिल
-
ब्राजिल भर्सेस मोरक्कोः सुरुवाती ११ सार्वजनिक, नेयमार बिना नै मैदानमा ब्राजिल
-
ब्राजिल भर्सेस मोरक्को
-
अमेरिका र इरानबिच आइतबार शान्ति सम्झौता हुने ट्रम्पको दाबी
-
यो साता यी राशिहरूका लागि लाभको संकेत
-
विश्वकपमा कतारको पहिलो अंक: स्विट्जरल्यान्डसँग रोमाञ्चक बराबरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण