नेपालमै बन्न थाल्यो पीपीई, तस्विरमा हेर्नुहोस्
राष्ट्रिय आविष्कार केन्द्रले कोभिड १९ को महामारीसँग लड्न फ्रन्टलाइनमा बस्ने स्वास्थकर्मी र सुरक्षाकर्मीको निम्ति पर्सनल प्रोटेक्टिभ इक्युप्मेन्ट (पीपीई) ड्रेस बनाउन सुरु गरेको छ । अहिले काठमाडौँको चप्पल कारखानामा धमाधम पीपीई निर्माणमा कामदारहरु खटिएका छन् ।
देशमा पीपीईको अभाव देखिएपछि आफूहरुले यसको निर्माण शुरु गरेको केन्द्रले जनाएको छ । यसमा रबराइज्ड तथा एयरप्रुफ सामग्री प्रयोग गरिएको केन्द्रको भनाइ छ । यसको सर्टिफिकेसन नभएपनि आफूहरुले निर्धारित गाइडलाइन अनुसार नै यसको निर्माण गरेको केन्द्रले दाबी गरेको छ । अन्तर्राष्ट्रिय बजारमा उपलब्ध पीपीईकै तुलना गरेर आफूहरुले पनि पीपीईको उत्पादन शुरु गरेको केन्द्रले जनाएको छ ।
‘भोलि देशमा पनि महामारी फैलिएको खण्डमा आविष्कार केन्द्रले मात्र निर्माण गरेको पीपीईले पुग्दैन,’ केन्द्रका इनोभेसन म्यानेजर सुनिल बानिया भन्छन्, ‘यसमा नेपाल सरकार र सम्बन्धित निकायले अग्रसरता देखाए केन्द्रले प्राविधिक सहयोग प्रदान गर्न तयार रहेको छ ।’
हेर्नुहोस् तस्विरहरुः














खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२४ वर्षको खडेरी तोड्ने लक्ष्यका साथ मैदानमा ब्राजिल
-
ब्राजिल भर्सेस मोरक्कोः सुरुवाती ११ सार्वजनिक, नेयमार बिना नै मैदानमा ब्राजिल
-
ब्राजिल भर्सेस मोरक्को
-
अमेरिका र इरानबिच आइतबार शान्ति सम्झौता हुने ट्रम्पको दाबी
-
यो साता यी राशिहरूका लागि लाभको संकेत
-
विश्वकपमा कतारको पहिलो अंक: स्विट्जरल्यान्डसँग रोमाञ्चक बराबरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण