आगलागीमा परी २ जनाको मृत्यु
सोमबार, १७ चैत २०७६, १३ : १६
काठमाडौं : महोत्तरी जिल्लाको मनराशिश्वा नगरपालिका–४ जाउख बस्ने जुरी सहनीको छोरी १४ वर्षीया पुजा कुमारी सहनीको आगलागीमा जलेर आइतबार साँझ मृत्यु भएको छ ।
आफ्नै घरमा खाना बनाउने क्रममा ग्याँस लिक भई एक्कासी आगो शरीरमा सल्किन गई गम्भीर घाइते भएकी उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।
चितवन, माडी नगरपालिका–७ करही खोला नजिकै रहेको सुकुम्बासी टोल बस्ने राज कुमार चेपाङकी छोरी ९ वर्षीया रजिना चेपाङको आगलागीमा परी आइतबार दिउँसो मृत्यु भएको छ ।
घर नजिकै बालेको आगो सल्किन गई घरमा आगलागी हुँदा घरभित्र सुतिरहेकी रजिना चेपाङको घटनास्थलमै मृत्यु भएको बताइएको छ ।
यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा