कहिल्यै नथाक्ने कालिमाटी तरकारी बजार (फोटोफिचर)
काठमाडौँका आधाभन्दा बढी जनसङ्ख्या उठेका पनि हुँदैनन् होला, कालिमाटीको तरकारी बजार भने आफ्नो नित्य कर्ममा लागिसकेको हुन्छ । उज्यालो नहुँदै त्यहाँ व्यापारी, किसान, कामदारको चहलपहल सुरु भइसकेको हुन्छ । उपत्यकाका प्रत्येक घरको भान्सामा आवश्यक तरकारी पु-याउने जिम्मा जो उसको काँधमा छ । जाडो, गर्मी, घाम, पानी – कालिमाटी तरकारी बजारलाई कुनै बहाना गरेर थाक्ने मौका छैन ।
कोरोनाभाइरसको सन्त्रासबीच पूरै देश यतिबेला ठप्प छ । हरेक मानिसको दैनिकी बदलिएको छ । तर, कालिमाटी तरकारी बजारको दैनिकी फेरिएको छैन । आज पनि त्यो त्यसरी नै चल्ने गरेको छ, जुन हिजोका दिनहरुमा चल्थ्यो । आज पनि कालिमाटी तरकारी बजारले तपाईं हामीको भान्सामा तरकारीको आवश्यकता पूर्ती गरिनै रहेको छ ।
यद्यपि, कालिमाटी तरकारी बजार कोरोनाभाइरसको संक्रमण फैलिने जोखिमबाट अछुतो छैन । भीडभाड हुने यहाँ सामाजिक दुरी कायम गर्नका लागि आधारभूत नियमहरु बनाइएका छैनन् । यसबारे पनि सम्बन्धित निकायले सोच्न जरुरी देखिन्छ ।













खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२४ वर्षको खडेरी तोड्ने लक्ष्यका साथ मैदानमा ब्राजिल
-
ब्राजिल भर्सेस मोरक्कोः सुरुवाती ११ सार्वजनिक, नेयमार बिना नै मैदानमा ब्राजिल
-
ब्राजिल भर्सेस मोरक्को
-
अमेरिका र इरानबिच आइतबार शान्ति सम्झौता हुने ट्रम्पको दाबी
-
यो साता यी राशिहरूका लागि लाभको संकेत
-
विश्वकपमा कतारको पहिलो अंक: स्विट्जरल्यान्डसँग रोमाञ्चक बराबरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण