बुुहारी बनाउने भन्दै छोरा र परिवारसँग भेटाउन बोलाएर बलात्कार
रौतहट । दाइजो नलिने बाचा गरेर बुुहारी बनाउन बोलाका ४० वर्षीय अब्दुला अन्सारीले एक किशोरीलाई बलात्कार गरेको रहस्य खुलेको छ । आफ्नो छोराको फोटो देखाएर बुुहारी बनाउने भन्दै बोलाएर १७ वर्षीया किशोरीलाई बलात्कार गरेको अभियोगमा बारा कलैया उपमहानगरपालिका ९ रामपुरका अन्सारीलाई प्रहरीले पक्राउ परेको छ ।
आरोपी अन्सारीलाई ईलाका प्रहरी कार्यालय गरुडाको टोलीले पक्राउ गरेको हो । अन्सारीमाथि जिल्ला प्रहरी कार्यालय बारामा जबरदस्ती करणी मद्दा विहीबार दर्ता भएको प्रहरीले जनाएको छ ।
अन्सारीले आफ्नो छोराको फोटो देखाएर बिहेको कुरो छिन्न केहीदिन अघि छोरालाई देखाउन भनी रौतहटकी एक किशोरीलाई कलैया बोलाएका थिए ।
किशोरीकी बजैलाई अन्यत्र राखेर कोशोरीलाई कलैयास्थित एउटा होटेलमा लगेर ज्यानमार्ने धम्की दिँदै करणी गरेको पीडित किशारीले बताएकी छन् । कलैयाबाट घर फर्केकी पीडित किशोरीसहित घरका मानिसले प्रहरीलाई खबर गरेपछि रौतहटको गुजरास्थित आफन्तको घरमा आएको समय अन्सारीलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी ज्ञानकुमार महतोले बताए ।
अन्सारी नियन्त्रणमा रहेको र पीडिलाई जाहेरीसहित आवश्यक कारवाहीको लागि बुधबार जिल्ला प्रहरी कार्यालय बारा पठाइएको डिएसपी महतोले जानकारी दिए । उता जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी गौतम मिश्राले पीडितको उजुरी दर्ता भइसकेको र स्वास्थ परीक्षण पनि जिल्ला अस्पताल कलैयामा भइसकेको बताए ।
केहीदिन अघि रौतहटका अन्सारील ती किशोरीसँग बिना दाइजो आफ्नो छोराको बिहे गर्ने घर परिवारका मानिसलाई आश्वासन दिएर गएका थिए । त्यसको १२ दिनपछि फेरि छोराको फोटोसहित आएका अन्सारीले केहीलाई बुहारी स्विकार गर्दै बुहारीको मुख हेरेको भन्दै किशोरीलाई ६ सय ६० रुपैया समेत दिएका थिए ।
अन्सारीले छोरा र घर परिवारलाई देखाउँछु भनि किशोरीलाई कलैया बोलाएर करणी गरेको पीडितकी बजैले बताइन् । अन्सारीलाई कडाभन्दा कडा कारवाही हुनुपर्ने उनको माग रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण