केन्द्रीय संस्करण
रातोपाटी टिप्पणी

राष्ट्रपतिको उर्दी छ : ‘भावनामा बग्ने होइन !’

शासकहरु जनताका पीडाबाट बेखबर हुन्छन्, खबर राख्नेहरुलाई पनि जनताका रोग–भोक–शोकसँग कुनै मतलब हुँदैन

person explore access_timeचैत २२, २०७६ chat_bubble_outline0
File photo

दरबारका खोपीसम्म खबर पुग्यो– रैती भोकभोकै छन् !

महाराज–महारानीको जुनाफमा चाकडीबाजले प्रजाको गुनासो सुनायो– महाराज, प्रजाले खान पाएनन् !!

बिरामी भएर आराम फर्माइरहेका महाराजले आश्चर्यचकित भएर सवाल गरे– ओहो.... प्रजाले दूध–भात पनि खान पाएनन् र !?

एक जना महारानीले एक कदम अगाडि बढेर थपिन्– महाराजले त सबै प्रजाजनको सुख–सुविधाको सुव्यवस्था गरिबक्सेको छँदैछ । कसरी कोही कसैले भावनामा बगेर मान्छेहरु भोकभोकै भएको गुनासो गर्छन् हँ । यो त हाम्रो राजकाजलाई बदनाम गर्ने षड्यन्त्र हो ।

अन्तमा राजसभाको निष्कर्ष रह्यो, महाराज बिरामी रहेकाले महारानीले एउटा सन्देश दिनु उचित ।

राष्ट्रको नाममा दिइएको महाराजको पछिल्लो सम्बोधनको निरन्तरतामा देशबासीको नाममा महारानीको सन्देश प्रसारित भयो ।

‘मेरो सरकारबाट सबै रैती–प्रजाको रोग–भोक–शोकको सुव्यवस्थापन हुँदै आएकोले मुलुकमा कुनै पनि प्रजा खान नपाएर मरेका छैनन्, मेरो सरकारले देशका सबै ढोका बन्द गरेकोले रोगका कुनै कीटाणुबाट कोही पनि संक्रमित भएका छैनन् । रोग र भोकबाट कोही पनि प्रभावित नभएकाले हाम्रा कोही पनि रैतीजन शोकमा छैनन् । जजसले रोग, भोक र शोकको हल्ला फैलाउँदैछन्, उनीहरु भावुक प्राणी हुन् । हाम्रो राज्यमा भावनाका निम्ति, भावुक प्राणीका लागि कुनै स्थान छैन ।’


जसको कथा वा इतिहास भए पनि यसको सन्देश स्पष्ट छ– रोग–भोक–शोकबाट मुक्त दरबारमा बस्ने भएकाले शासकहरु जनताका पीडाबाट बेखबर हुन्छन्, जो खबर राख्छन्, उनीहरुलाई पनि जनताका रोग–भोक–शोकसँग कुनै मतलब हुँदैन । रोग–भोक–शोकले ग्रस्त जनताबारे उनीहरुले देखाउने मायामोह पनि ‘प्रजाले दूध–भात पनि खान पाएनन् र’ भन्ने हदसम्म हावा नै हुने रहेछ । उनीहरुलाई मतलब हुँदैन, प्रजाका लागि दूध–भात विलासिताको बस्तु भएको तीतो यथार्थबारे ।


यो कुन महाराज–महारानीको कथा हो, इतिहासकारहरुलाई थाहा होला । कसैले राष्ट्रपिता त्रिभुवनको नाम लिन्छन् त कसैले राष्ट्रमाताको । जसको कथा वा इतिहास भए पनि यसको सन्देश स्पष्ट छ– रोग–भोक–शोकबाट मुक्त दरबारमा बस्ने भएकाले शासकहरु जनताका पीडाबाट बेखबर हुन्छन्, जो खबर राख्छन्, उनीहरुलाई पनि जनताका रोग–भोक–शोकसँग कुनै मतलब हुँदैन । रोग–भोक–शोकले ग्रस्त जनताबारे उनीहरुले देखाउने मायामोह पनि ‘प्रजाले दूध–भात पनि खान पाएनन् र’ भन्ने हदसम्म हावा नै हुने रहेछ । उनीहरुलाई मतलब हुँदैन, प्रजाका लागि दूध–भात विलासिताको बस्तु भएको तीतो यथार्थबारे ।

०००

गणतन्त्रकी ‘नयाँ महारानी’को रुपमा आलोचना भइरहेकी राष्ट्रपति विद्या भण्डारीले हिजो देशबासीको नाममा दिएको सम्बोधन पनि आलोचनाबाट मुक्त हुन सकेन । कोरोनाको त्रास, लकडाउनको सकस र सरकारी भ्रष्टाचारको कहरले थिलथिलो भएका देशबासीलाई ‘कुनै पनि खालको भावनामा नबग्न र सरकारका कदममा कदम मिलाउन’ उनले उपदेश जारी गरिन् । उनले सम्बोधनमा भनेकी छन्, ‘हामी कुनै भावनामा बगेर होइन बरु यस रोगको गम्भीरतालाई मनन गर्दै रोगको रोकथाम, नियन्त्रण र उपचारमा नेपाल सरकारले चालेका कदमलाई साथ दिन म सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक आव्हान गर्दछु ।’

सम्बोधनमा राष्ट्रपतिले झूटको सहारामा आफ्नो सरकारको बचाउ गर्दै सरकारप्रति जनताको सहयोगका लागि आह्वान गरिन्, जुन थप विडम्बना हो । उनले सम्बोधनको सुरुमै ‘सरकारले लिएका नीति र चालेका कदम प्रभावकारी भएकाले नै कोरोनाको संक्रमण नेपालमा सीमित रहेको र फैलिन नपाएको’ दाबी गरिन् । बाहिरबाट संक्रमित भएर आएकालाई ‘सरकारले नै पत्ता लगाएर उपचार गरेको’ संकेत गर्न भ्याइन् । वास्तविकता के हो भने अधिकांश संक्रमित व्यक्तिहरु नै संक्रमणको शंका लागेर आफैं परीक्षण गर्न गएका हुन्, उनीहरुलाई राज्यले पत्ता लगाएको होइन । तीतो सत्य के पनि हो भने राज्यको तर्फबाट अनिवार्य रुपमा गरिनुपर्ने परीक्षण, परीक्षणको दायरा बढाउने, शंकास्पद र सम्भावित व्यक्तिहरुको व्यापक अनुगमन र परीक्षणमा सरकारी ध्यान समेत गएको छैन । सरकार त कोरोना कहरको वहानामा नीतिगत भ्रष्टाचारमा लिप्त रहेको छ, संक्रमण रोकथाम र निवारणको जिम्मा पाएका उपप्रधानमन्त्रीदेखि मन्त्रीसम्म, प्रधानमन्त्रीका सल्लाहकारदेखि रक्षामन्त्रीका पुत्रसम्मको नाम उदेकलाग्दो ढंगले भ्रष्टाचारमा मुछिँदैछ, देश र जनताको सुरक्षाको पाँचवर्षे ‘ठेक्का’ प्राप्त सरकार पनि प्रधानमन्त्रीजस्तै रोगग्रस्त हुँदैछ ।


वास्तविकता के हो भने अधिकांश संक्रमित व्यक्तिहरु नै संक्रमणको शंका लागेर आफैं परीक्षण गर्न गएका हुन्, उनीहरुलाई राज्यले पत्ता लगाएको होइन । तीतो सत्य के पनि हो भने राज्यको तर्फबाट अनिवार्य रुपमा गरिनुपर्ने परीक्षण, परीक्षणको दायरा बढाउने, शंकास्पद र सम्भावित व्यक्तिहरुको व्यापक अनुगमन र परीक्षणमा सरकारी ध्यान समेत गएको छैन । सरकार त कोरोना कहरको वहानामा नीतिगत भ्रष्टाचारमा लिप्त रहेको छ, संक्रमण रोकथाम र निवारणको जिम्मा पाएका उपप्रधानमन्त्रीदेखि मन्त्रीसम्म, प्रधानमन्त्रीका सल्लाहकारदेखि रक्षामन्त्रीका पुत्रसम्मको नाम उदेकलाग्दो ढंगले भ्रष्टाचारमा मुछिँदैछ, देश र जनताको सुरक्षाको पाँचवर्षे ‘ठेक्का’ प्राप्त सरकार पनि प्रधानमन्त्रीजस्तै रोगग्रस्त हुँदैछ ।


सरकारको ध्यान कमिसन र भ्रष्टाचारमा केन्द्रित भएका खबरबाट राष्ट्रपति बेखबर छैनन् होला । शीतलनिवासको खोपीमा बस्ने राष्ट्रपति कदाचित् बेखबर नै रहेकी भए पनि जनताले तिरेका करबाट पोषित उनका सल्लाहकारहरु त सुसूचित नै होलान् । सर्पको खुट्टा सर्पले मात्रै देख्छन् भनेझैं आफ्नै ‘भूपू’ पार्टीका नेताहरु संलग्न भ्रष्टाचारबारे उनीहरु सूचित नहुने सम्भावना कमै छ । साहित्यकार खगेन्द्र संग्रौलाको भाषामा, सरकारको बचाउमा राष्ट्रपतिले भन्छिन्, सरकारको प्रभावकारी कदमले कोरोना फैलिन पाएन । काममा ढिलासुस्ती, स्वास्थ्य सामग्रीमा ओेम्नी पार्टनरसँग मिलेर हाकाहाकी लूट, ७० दिनमा जम्मा १२७७ को परीक्षण( यही हो सरकारको प्रभावकारिता रु सरकारी लेखनदासले लेखेको भजन पढ्न लगाएर राष्ट्रपति पदको दुरूपयोग, हैट् !

कोरानाको महाव्याधिले मृत्यु र त्रासको जहर फैलाइरहेको बेला पनि सरकार भ्रष्टाचारको भाइरस फैलाउन लिप्त रहेको फोहोरी वास्तविकतालाई छोपछाप गर्न नै राष्ट्रपतिबाट देशबासीको नाममा सम्बोधन आएको आशंका गरिँदैछ । नीति र व्यवहारको तहमा व्याप्त भ्रष्टाचारको दंश र भाइरसको त्रासलाई छोप्ने क्रममा देशबासीको नाममा सम्बोधन जारी गरिएको आशंकालाई बेवास्ता गर्न सकिँदैन । महामारी निवारणमा सरकारबाट भएको अकर्मण्यता र व्यापक रुपमा फैलाइएका भ्रष्टाचारको महामारीबाट जनताको ध्यान मोड्न सकिएमा मात्रै ‘मेरो सरकार’को सुरक्षा होला भन्ने आशय सम्बोधनमा प्रकट भएको यथार्थलाई नजरअन्दाज गर्न सकिँदैन ।

जनताको ध्यान मोड्ने काममा पीडितहरुलाई नै आरोपित गर्दा सहज हुन्छ । कोरोनाको त्रास र सरकारी भ्रष्टाचार एवं अकर्मण्यताबाट आजित जनतालाई भावनामा बगेको आरोप लगाएर मौन र निष्क्रिय पार्न सकिने सत्ताधारीहरुको विश्लेषण अनुमान गर्न कठिन छैन । राष्ट्रपतिबाट अनेक बासी उपदेश दिने क्रममा सरकारी नीति निर्देशनभन्दा भिन्न ढंगले सोच्ने र व्यवहार गर्नेहरुलाई चेताउन खोजेकी छन्, ‘भावनामा बग्ने होइन है !’ यसबीचमा मन्त्रीहरुले भावनामा बग्ने जनतालाई चेताउँदै आएको अवस्थामा राष्ट्रपतिबाट पनि यस्तै चेतावनी आएको हो । मन्त्रीदेखि राष्ट्रपतिसम्मलाई अलिकति भए पनि चेत हुनुपर्छ– संकट नआइकन कसैले रोजगार, कमाइखाने ठाउँ, आफ्नो ज्यान जाने सर्तमा महाकालीमा हाम्फाल्दैन । उनीहरुको रोजगार, कमाइखाने ठाउँ, आफ्नो ज्यान जान थालेको वस्तुगत अवस्थाबारे बुझ्न कुनै मार्क्सवादी पण्डित बन्नु जरुरी छैन । संकटमाथि संकटको भौतिक स्थितिले नै उनीहरुलाई मर्नै परेमा स्वदेशमा मर्ने संकल्प र क्वारेन्टिनमा बस्नुपरे पनि देशकै शरण लिने ‘भावना’ पैदा गरेको हो ।


जनताको ध्यान मोड्ने काममा पीडितहरुलाई नै आरोपित गर्दा सहज हुन्छ । कोरोनाको त्रास र सरकारी भ्रष्टाचार एवं अकर्मण्यताबाट आजित जनतालाई भावनामा बगेको आरोप लगाएर मौन र निष्क्रिय पार्न सकिने सत्ताधारीहरुको विश्लेषण अनुमान गर्न कठिन छैन । राष्ट्रपतिबाट अनेक बासी उपदेश दिने क्रममा सरकारी नीति निर्देशनभन्दा भिन्न ढंगले सोच्ने र व्यवहार गर्नेहरुलाई चेताउन खोजेकी छन्, ‘भावनामा बग्ने होइन है !’


नेकपामा स्थायी समिति सदस्य रहेका रक्षामन्त्रीदेखि परराष्ट्रमन्त्रीसम्म एकसेएक मार्क्सवादका पण्डित छन्, अखिलका विद्यार्थी नेता रहेका स्वास्थ्यमन्त्रीदेखि नेकपाका उपाध्यक्ष रहेकी राष्ट्रपतिले आफूमा अलिकति मात्रै मार्क्सवादको पित्को बाँकी रहेको भए देशभित्र र बाहिर रहेका नेपालीहरुको मनमस्तिष्कको उम्लिरहेको भावनाको भौतिक कारण खोतल्ने जमर्को गरे पुग्छ । तब उनीहरुलाई सहरमा खान बस्न र बाँच्न नसकिने ठानेर रातारात भाग्दै गरेका गरीखाने जनताको भावनाको वस्तुगत कारण थाहा हुन्छ, ती कारणको सम्बोधनका लागि केही प्रयास गर्नुपर्ने आवश्यकता बोध हुन्छ । अन्ततः होस आउँछ– उनीहरुलाई भावनामा नबग्न उपदेश दिनु भनेको पीडितको मनमा मल्हम होइन, नून र खुर्सानी दल्नुभन्दा केही होइन ।

दुःखको कुरा, करिब दुई तिहाई प्रचण्ड बहुमतका साथ ‘कम्युनिष्ट’ सरकारको ढलिमली शासन रहेको मुलुकमा त्यो मार्क्सवादी चेतका कुरा सुदुर वस्तीको कथा वा दिउँसै बत्ती बालेर खोजिनुपने वस्तु बनेको छ ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.