मस्जिदमा भीड नगर्न अनुरोध गर्न गएका असईमाथि हातपात, तीनजना पक्राउ
रौतहट । रौतहटस्थित एक मस्जिदमा लकडाउनको अवधिमा भीडभाड नगर्न अनुरोध गर्न गएका एकजना नेपाल प्रहरीका असईमाथि हातपात भएको छ ।
मुस्लिम धर्मावलम्बीहरुको पर्व सबे बारातको पूर्वसन्ध्यामा बिहीवार साँझ रौतहटको परोहा नगरपालिकाअन्तरगत तेजापाकड मस्जिदमा भीडभाड नगर्न सम्झाउन गएका असई उपर हातपात भएको हो ।
तेजापाकड स्थित मस्दिजमा एकैठाँउमा सैयौँको संख्यामा मुस्लिमहरु जम्मा भएर नमाज पढिरहेको बेला सम्झाउन गएका नेपाल प्रहरीका असई मुनमुन सिंहमाथि मुस्लिम युवाहरुले हात पात गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोनाभाइरस को संक्रमण नियन्त्रण गर्न सरकारले अगामी वैशाख ३ गते सम्मको लागि लकडाउनको घोषणा गरेको छ । तर यसै अवधिमा गत राति ७ बजे मुस्लिम धर्मावलम्बीहरुको एक पर्वको अवसर भन्दै तेजापाकडस्थित एउटा मस्जिदमा एकैठाँउमा दुुईसय बढी भेला भएका थिए ।
विशेष सूचनाको आधारमा प्रहरीचौकी लौकाहाका असई मुनमुन सिंह मस्जिदमा गएर त्यसो नगर्न एकठाँउमा ठूलो संख्यामा मानिस जम्मा नहुन आग्रह गएका थिए । असई सिंहले लकडाउन उल्लंघन नगर्न भीडले कोरोनाभाइरसको संक्रमण बढ्नसक्ने कुरो सम्झाई रहँदा केही युवाहरुले उनीमाथि हातपात गरेका थिए ।
घटनालगतै जिल्ला प्रहरी कार्यालय गौर, आसपासबाट नेपाल प्रहरी सशस्त्र प्रहरी ठूलो संख्यामा परिचालनपछि तेजापाकडको अवस्था साम्य भएको प्रहरीले जानकारी दिएको छ ।
असई सिंहमाथि हातपात गरेको अभियोगमा मस्जिद बाट प्रहरीले ३ जना युवालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा परोहा नपा–३ २६ वर्षीय कलाम अन्सारी, सोही ठाँउका १७ वर्षीय साजिद अन्सारी र १६ वर्षीय लालुु अन्सारी रहेको रौतहट प्रहरी प्रमुख एसपी रबीराज खडकाले बताएका छन् ।
पक्राउ परेका तिनैजना जिल्ला प्रहरी कार्यालय गौरको नियन्त्रणमा रहेको र घटनाको प्रकृयाअनुसार मुद्दा चलाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
लकडाउन सुुरु भए यता भारत लगायत बिभिन्न स्थानको जमा बाट फर्किएका दर्जनौ मौलवी मौलानाहरु तराईका क्वारेन्टाइनहरुमा राखिएका छन ।
केहीसमय अघि एकधार्मिक कार्यक्रममा नेपाल आएका नौजना पाकीस्तानी नागरिक पनि रौतहट प्रहरीको निगरानीमा छन् ।
उनीहरुलाई कोरोनाभाइरस भए नभएको जाँचका लागी एक मस्जिदमा कवारेन्टाईनमा सरह राखिएको रौतहटका प्रजिअ बाशुदेव घिमिरेले जानकारी दिए ।
भारतको नयाँ दिल्लीबाट फर्किएका नेपाली जमातीहरुलाई पनि विभिन्न जिल्लाको क्वारेन्टाईनमा राखिएका छन् । तर केही मानिस अहिलेसम्म सम्पर्कमा आउन नसकेको प्रहरीको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण