भारतबाट आएर घरमा लुकेका थिए रौतहटका कोरोना संक्रमित युवक
रौतहट । विश्वव्यापी महामारीको रुपमा फैलिएका कोरोना भाइरसबाट रौतहटमा पनि एकजना १९ वर्षीय युवा संक्रमित भेटिएका छन् । यससँगै नेपालमा कोरोना भाइरसको संक्रमितको संख्या १४ र आउँदै गरेको खबर अनुसार १७ पुगेको छ । नया वर्ष २०७७ को पहिलो दिन कोरोना भाइरसबाट संक्रमित अथार्त स्वाब टेस्टमा पोजिटिभ भेटिएका १९ वर्षीय युुवा जिल्लाको दक्षिणी भेगका हुन् ।
ईशनाथ नगरपालिका ५ का मुश्लिम समुदायका ती युवा भारतको राजधानी दिल्लीस्थित एक ब्याग फ्याक्टीमा काम गरीरहेका थिए ।
विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाईरसको प्रकोप नियन्त्रण गर्न भारत र नेपाल सरकारले लकडाउन घोषणा गरीसकेपछि ती युवा गत चैत १३ गते चोर बाटो हुँदै घर फर्केका थिए ।
राति लुकेर घरमा बसे पनि भोलिपल्ट एकजना स्थानीयको खबर अनुसार ती युवालाई ईशनाथ नगरपालिका अन्तरगत आरैया स्थित क्वारेन्टाईनमा प्रहरीले पुर्याएका थिए ।
स्थानीय प्रहरीचौकी रामपुरका असई गजेन्द्र ठाकुरका अनुुसार आज संक्रमणको पुस्टीभएका युवासँगै अन्य दुुईजना युवा पनि दिल्लीबाट फर्केका थिए ।
एकजनाको कोरोना पोजिटिभ रिपोट आएपनी अन्य २ जनाको रिपोट नेगेटिभ रहेको छ । २४ घन्टा परिवारका साथ बिताएका संक्रमित युवाको घरमा बाबुु आमा, श्रीमती, भाउजु, छोरा छोरी, भतिजहरु समेत गरेर १२ जना रहेका छन् ।
संक्रमितको नजिकमा रहेका सबैजनालाई क्वारेन्टाइनमा पठाउनुुपर्ने भए पनि समाचार तयार पार्दासम्म अर्थात सोमवार बेलुकी ८ बजेसम्म सबैजना घरमै रहेका छन् ।
ईशनाथ नगरपालिका ५ का वडा अध्यक्ष चाँद अलीका अनुसार सदरमुकाम गौर बाट डाक्टरको टोली अहिले राति नै आउँदैछ उनको सलाह अनुसार परिवारका अन्य सदस्य लाई क्वारेन्टाइन पठाइने छ ।
रौतहटका सिडिओ बाशुदेव घिमिरेका अनुसार संक्रमितको परिवारको र्यापिड टेस्टको लागी जिल्ला बाट डाक्टरको टोली गईसकेको छ । टेस्टको आधारमा क्वारेन्टाइन पठाउने सिडिओ घिमिरेले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण