वर्षाको कारण रौतहटमा इँटा व्यवसायीलाई करोडौँको क्षति, हावाहुरीले ३ घर भत्कियो
रौतहट । हावाहुरी र असीनासँगै आएको वर्षाको कारण रौतहटस्थित इँटा उत्पादक व्यवसायीलाई करोडौँ रुपैयाँ बराबरको क्षति भएको छ । हावाहुरीसँगै गत राति र आज बिहान परेको मुसलधारे वर्षाको कारण जिल्लाको दक्षिणीभेगमा रहेको दर्जनौँ इँटा उद्योगमा काँचो इँटा गलेर करोडौँ रुपैयाँ बराबरको क्षति भएको हो ।
जिल्लाको उत्तर पश्चिमीभेगको तुलनामा दक्षिणतर्फ ठूलो पानी परेकाले गौर, राजपुर, यमुनामाई, बौधीमाईलगायत स्थानीय तहमा रहेका दजैनौँ इँटा उद्योगमा क्षति भएको इँटा उत्पादक व्यवसायी संघ रौतहटका अध्यक्ष रामविनोद साहले बताएका छन् ।
वर्षाबाट इँटा उद्योगहरुमा भएको क्षतिबारे विस्तृत विवरण संकलन भइरहेको अध्यक्ष साहले जानकारी दिएका छन् । वर्षासँगै बुधवार आएको असिनाले गहुँबालीमा पनि ठूलो क्षति भएको नेपाल पत्रकार महासंघ रौतहटका पूर्वसभापति प्रेमचन्द्र झाले जानकारी दिएका छन् ।
उता गत राति वर्षासँगै आएको हावाहुरीले कैयौँ घरको छाना पनि उडाएको छ । मंगलवार मध्यरातमा आएको हावाहुरीबाट दुुई स्थानमा तीनवटा घरको छाना उडाएको प्रहरीले जनाएको छ ।
जिल्लाको गुजरा नगरपालिका वडा–२ कटानीटोल स्थित दुुईजनाको घरको छाना उडाउँदा चार लाख बढीको क्षति भएको छ । स्थानिय रामसिंह मोक्तान र चमार सिंह मोक्तानको घरको छाना उडाउनुका साथै घरमा रहेको अन्न पात समेत नष्ट भएको वडा अध्यक्ष अशोक खाँ थारुले बताएका छन् ।
त्यसैगरी जिल्लाको राजपुुर नगरपालिकामा हावाहुरीबाट एकघर भत्किएर एकलाख ५० हजार बराबर क्षती भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी भरत श्रेष्ठले जानकारी दिएका छन् ।
गएरातिको हावाहुरीका कारण भएको क्षतिको पूर्ण विवरण आइनसकेको र त्यसको संकलन कार्य जारीरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण