अदृश्य शत्रुसँगको युद्ध : तयार छ नेपाली सेना !
विश्वभर महामारीको रुपमा फैलिएको कोरोनाभाइरसको संक्रमण नेपालमा पनि प्रवेश गरिसकेको छ । हालसम्म नेपालमा १६ जना कोरोनाभाइरस संक्रमित फेला परेका छन्, जसमध्ये एक जना निको भइसकेका छन् । यसको संक्रमण ब्यापक बन्न नदिन सरकारले देशमा लकडाउन लागू गरेको छ भने सम्भावित ‘खराब स्थिति’ को लागि तयारी गरिरहेको छ । बिस्तारै भए पनि कोभिड–१९ को परीक्षणको दायरा फराकिलो बनाइदैछ ।
यता, नेपाली सेनाले पनि कोरोनाभाइरसको महामारीको लागि तयारी गरिरहेको छ । कुनै पनि युद्धमा अग्रमोर्चामा रहने नेपाली सेनाको अगाडि यसपटकको दुश्मन भने फरक छ । अहिले नेपाली सेनाले अदृश्य शत्रुसँग युद्ध लड्नुपर्नेछ ।

यसका लागि आफ्नो तयारीबारे नेपाली सेनाको रेञ्जर गणले शुक्रबार छाउनीमा प्रत्यक्षरुपमा जानकारी दिएको छ । जसमा संक्रमितको सम्पर्कमा आएपछि अपनाइने सावधानीका उपाय, डिस्इन्फेक्सनको तरिका, शवको व्यवस्थापनलगायतको बारेमा जानकारी दिइएको थियो ।
हेरौँ केही तस्विरहरुः













खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
-
कतार र स्विट्जरल्यान्डको खेल सुरु
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
-
विश्वकपमा कतार र स्विट्जरल्यान्डको सुखद सुरुवातको खोजी
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण