राहत माग गर्दै सुखिपुर नगरपालिकाको कार्यालयमा ढुङ्गामुढा
सिरहा । सिरहाको सुखिपुर नगरपालिकामा राहत माग गर्दै स्थानीयले नगरपालिका कार्यालयमा ढुङ्गामुढा गरेका छन् । कोरोना भाइरस (कोभिड–१९) का कारण २७ दिन देखि ‘लकडाउन’ खेप्दै आएका यहाँका विपन्न, गरिब, दलित तथा ज्याला मजदुरहरुले आइतबार अपराह्वन कार्यालयमा ढुङ्गामुढा गरेका हुन् ।
लकडाउनका कारण गरिब, विपन्न, ज्यालादारी गर्ने मजदुर र असंगठित क्षेत्रमा काम गर्नेहरु सबैभन्दा बढी प्रभावित छन् । तर, सिरहाको सुखिपुर नगरपालिकाले हाल सम्म राहत वितरणको लागि तथ्यांक संकलनमा पक्षपात गरेको र हालसम्म राहत वितरण नगरेको भन्दै उनीहरुले राहतको माग गर्दै नगरपालिकामा ढुङ्गामुढा गरेको स्थानीय चन्द्रमोहन चौधरीले बताए ।
राहतको माग गर्दै कार्यालमा आएकाहरुलाई कर्मचारीले दुरव्र्यवहार गरेपछि ढुङ्गामुढा सुरुभएको स्थानीयले बताए ।
नाम नबताउने सर्तमा उनले भने, ‘राहतको आशामा भेला भएकाहरुलाई कर्मचारीहरुले तिमिहरु यहाँ किन आएको आ–आफ्नो वडा कार्यालयमा जाउ भन्दै हप्की दप्की गरेपछि उनीहरुले ढुङ्गामुढा गरेका हुन् ।’
ढुङ्गामुढाबाट केही कर्मचारीहरुलाई चोट पटक लागेरको र कार्यालयका झ्यालका सिसाहरु फूटेको नगर प्रमुख रामऔतार यादवले जानकारी दिए । उनले केही मोरसाइकलमा पनि क्षति पुगेको समेत बताए ।
नगरपालीकामा लामो समयदेखि प्रशासकिय अधिकृत नभएकाले काम गर्न समस्या भएको यादवले बताए । नगरप्रमुख यादवले भने, ‘प्रशासकीय अधिकृत नभएकाले राहत वितरणमा समस्या भएको थियो । आजै नयाँ प्रशासकिय अधिकृत आईपुग्नु भएको छ । चाँडै राहत वितरण हुन्छ ।’
नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले स्थानीयलाई सम्झाइ बुझाइ स्थिति नियन्त्रणमा लिएको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सयौँ युवालाई ‘सहजकर्ता’ नियुक्त गर्दै सरकार, कार्यविधि अन्तिम चरणमा
-
खैरो हिरोइनसहित बिर्तामोडबाट एक जना पक्राउ
-
लागूऔषधसहित १३ जना पक्राउ
-
छोटो समयमा नै बालेन सरकारप्रति जनतामा निराशा चुलियो : प्रभु साह
-
बस्ती खाली गराउने क्रममा भएका त्रुटिलाई सरकारले सच्याउनुपर्छ : गगन थापा
-
भारतले सीमावर्ती क्षेत्रको जनसङ्ख्याको अवस्थाबारे अध्ययन गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण