अब पार्टी फुट्दैन ढुक्क हुनुहोस् : महतो
काठमाडौँ । नवगठित जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतोले अब पार्टी नफुट्ने कुरामा ढुक्क हुन आग्रह गरेका छन् । सरकारले पार्टी फुटाउन लक्षित गरेर ल्याएको अध्यादेशविरुद्ध आफूहरु एकजुट भएर देखाइदिएको बताउँदै महतोले पार्टी नफुट्ने ठोकुवा गरे । ‘फुट्ने कुरा होइन जुटेर देखाइदियौँ,’ उनले भने, ‘अब केही हुने वाला छैन ढुक्क हुनुहोस् ।’
दल दर्ता प्रक्रियाका लागि निर्वाचन आयोग पुगेका महतोले भने, ‘दललाई फुटाउने उद्देश्यसहित अध्यादेश रातारात ल्याइयो । राजपा र समाजवादी पार्टीलाई फुटाउने तयारी भएको समाचार आएपछि एकता प्रक्रियालाई टुङ्ग्याइदिनुपर्छ भनेर हिजो राति बसेर एकता प्रक्रियालाई टुङ्याएका छौँ ।’
महतोले लोकतन्त्र दिवासमा सरकारबाट लोकतन्त्रमाथि संकट पैदा भएको र अस्तिरता निम्ताउने काम भएको आरोप लगाए । उनले यसको कुनै पनि हालतमा सामना गर्नुपर्ने र प्राप्त उपलब्धिको रक्षा गर्नुपर्ने जिकिर गरे ।
‘हिजो काँग्रेस पार्टी कार्यालयमा संसदमा रहका चार पार्टी छलफलमा बसेका थियौँ । हामीले स्पष्ट रुपमा अध्यादेश फिर्ता गरिनुपर्छ भनेका छौँ । नत्र हामी जे पनि कदम बाध्य हुनेछौँ,’ उनले भने । महतोले संसदमा बैठक बोलाउनुपर्ने पनि माग गरे ।
केशव झाले पनि पार्टी अब नफुट्ने दाबी गरे । उनले पार्टी फुटाउन लागेका सुरेन्द्र यादवहरु सम्पर्कमा रहेको र वहाँहरुको इच्छा पनि पार्टी एकीकरण रहेको बताए । अनिल झा काठमाडौँ बाहिर रहेको । राजकिशोर यादवको स्वास्थ्यमा समस्या रहेको जानकारी दिँदै पार्टीमा कुनै विवाद नरहेको स्पष्ट पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्मल पुर्जाको ५७ औँ पटक आठ हजार मिटर अग्ला हिमालको सफल आरोहण, सांसद शेर्पाद्वारा बधाई
-
त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा
-
सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा निर्माण कार्य खरिदसम्बन्धी परिमार्जित नमुना बोलपत्र जारी
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण