शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

अब पार्टी फुट्दैन ढुक्क हुनुहोस् : महतो

बिहीबार, ११ वैशाख २०७७, १२ : ०१
बिहीबार, ११ वैशाख २०७७

काठमाडौँ । नवगठित जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतोले अब पार्टी नफुट्ने कुरामा ढुक्क हुन आग्रह गरेका छन् । सरकारले पार्टी फुटाउन लक्षित गरेर ल्याएको अध्यादेशविरुद्ध आफूहरु एकजुट भएर देखाइदिएको बताउँदै महतोले पार्टी नफुट्ने ठोकुवा गरे । ‘फुट्ने कुरा होइन जुटेर देखाइदियौँ,’ उनले भने, ‘अब केही हुने वाला छैन ढुक्क हुनुहोस् ।’

दल दर्ता प्रक्रियाका लागि निर्वाचन आयोग पुगेका महतोले भने, ‘दललाई फुटाउने उद्देश्यसहित अध्यादेश रातारात ल्याइयो । राजपा र समाजवादी पार्टीलाई फुटाउने तयारी भएको समाचार आएपछि एकता प्रक्रियालाई टुङ्ग्याइदिनुपर्छ भनेर हिजो राति बसेर एकता प्रक्रियालाई टुङ्याएका छौँ ।’

महतोले लोकतन्त्र दिवासमा सरकारबाट लोकतन्त्रमाथि संकट पैदा भएको र अस्तिरता निम्ताउने काम भएको आरोप लगाए । उनले यसको कुनै पनि हालतमा सामना गर्नुपर्ने र प्राप्त उपलब्धिको रक्षा गर्नुपर्ने जिकिर गरे ।

‘हिजो काँग्रेस पार्टी कार्यालयमा संसदमा रहका चार पार्टी छलफलमा बसेका थियौँ । हामीले स्पष्ट रुपमा अध्यादेश फिर्ता गरिनुपर्छ भनेका छौँ । नत्र हामी जे पनि कदम बाध्य हुनेछौँ,’ उनले भने । महतोले संसदमा बैठक बोलाउनुपर्ने पनि माग गरे ।

केशव झाले पनि पार्टी अब नफुट्ने दाबी गरे । उनले पार्टी फुटाउन लागेका सुरेन्द्र यादवहरु सम्पर्कमा रहेको र वहाँहरुको इच्छा पनि पार्टी एकीकरण रहेको बताए । अनिल झा काठमाडौँ बाहिर रहेको । राजकिशोर यादवको स्वास्थ्यमा समस्या रहेको जानकारी  दिँदै पार्टीमा कुनै विवाद नरहेको स्पष्ट पारे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप