कोरोनाभाइरसः १६ दिनभित्रै एक लाखको मृत्यु
११ जनवरीमा चीनको ऊहानमा कोरोनाभाइरसका कारण पहिलो मृत्यु भएको थियो । त्यसपछि एक लाख मृत्युको आँकडा पूरा हुन ९० दिनको समय लाग्यो ।
तर त्यसको १६ दिनपछि नै यो मृतकको संख्या २ लाख नाघ्यो । यसबाट सबैभन्दा धेरै कुन कुन देश प्रभावित रहे ?
– संसारमा सबैभन्दा धेरै मृत्यु अमेरिकामा भयो जहाँ ५४ हजार २ सय ५६ जनाको मृत्यु भइसकेको छ ।
– युरोपमा फैलिएको महामारीको केन्द्र इटली बन्यो जहाँ हालसम्म २६ हजार ३ सय ८४ को मृत्यु भइसकेको छ । त्यहाँ मानिसहरुको दैनिकी सामान्य तरिकाले सुचारु गर्नका लागि ‘फेस टु’ बारे कुराकानी भइरहेको छ ।
– स्पेन, फ्रान्स र ब्रिटेन ती देशमा समावेश भएका छन् जहाँ २० हजार बढीको मृत्यु भएको छ ।
– स्पेनमा आइतबार ६ हप्तापछि १४ वर्षभन्दा कम उमेरका बालबालिकालाई बाहिर जाने अनुमती दिइएको छ ।
– यस्तै, फ्रान्सका प्रधानमन्त्री एडुअर्ड फिलिपले मंगलबारदेखि लकडाउन खुकुलो पार्ने योजना पेश गर्ने बताएका छन् ।
– बेल्जियममा प्रति व्यक्ति सबैभन्दा धेरै मृतयु भएको हो । बेल्जियममा १ लाख व्यक्तिमध्ये ६ जनाको मृत्यु भएको छ भने स्पेनमा ४.९ र अमेरिकामा १.६ व्यक्तिको मृत्यु भएको छ ।
– एशियाली देशमा ७ लाखभन्दा बढीको मृत्यु भएको छ । यस्ता, ल्याटिन अमेरिकामा मात्रै यतिको मृत्यु भएको छ । मध्य पूर्वमा ८ हजार ८ सयभन्दा बढीको मृत्यु भएको छ र अफ्रिकामा १३ सय ६० बढीको मृत्यु भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपमा घरमै बसेर कमाउने नाममा ठगीको जोखिम, प्रहरीले गरायो सचेत
-
अब पुराना कुराकानी बिर्सिने छैन च्याटजीपीटी, मेमोरी फिचरमा नयाँ अपग्रेड
-
हामी विगतका गल्ती र अलमलबाट टाढा छौँ : परराष्ट्रमन्त्री खनाल
-
इन्स्टाग्रामद्वारा सशुल्क ग्राहकका लागि ‘इन्स्टाग्राम प्लस’ सार्वजनिक : अरूको स्टोरी गोप्य रूपमा हेर्न पाइने
-
रास्वपा स्याङ्जाको सभापतिमा भण्डारी विजयी
-
हेर्नुहोस् साताका ७ तस्बिर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण