रौतहटमा असिनाको कहर : बाली सखाप, घरको छाना चुहिन थाल्यो
रौतहट । रौतहटको कटहरिया नगरपालिका वडा–१ भसेढवास्थित महिला प्राथमिक विद्यालयमा असिनाको कारण ठूलो क्षति भएको छ । शुुक्रवार अपरान्ह वर्षासँगै आएको ठूलो आकारको असिनाले विद्यालय भवनको छानामा क्षति भएको हो ।
सामान्यभन्दा निकै ठूला आकारको असिनाले विद्यालय भवनको छानामा रहेको प्रायः सबै युपिभिसी कर्कटपाता फुुटेर करिब दुुई लाख ५० हजार रुपैयाँको क्षति भएको प्रधानाध्यापक राममङ्गल यादवले जानकारी दिए ।
असिनाले कटहरिया–१ का १५ सय घर, गुुजरा नगरपालिका वडा–६ का ६ सय घर र फतुवा बिजयपुर नगरअन्तरगत दुुईसय घरमा क्षति पुगेको प्रहरीले जनाएको छ ।
त्यसैगरी असिनाको कारण तीनवटै नगर क्षेत्रअन्तरगत सैयौँ बिगा मकै, गँहुु, तरकारी, आँपलगायत नष्ट भएर करोडौँको क्षति भएको छ ।
विपद् व्यवस्थापन समितिका अध्यक्ष तथा रौतहटका सिडिओ वासुुदेव घिमिरे, एसपी रविराज खड्का, प्रदेश सांसद कुुन्दन कुुश्वाहाले शनिवार साँझ असिना प्रभावित क्षेत्रको निरीक्षण गरेका थिए ।
असिनाको कारण अधिकांश घरको छाना चुुहिरहेकाले सिडिओ घिमिरेले तत्काल दुुई सय २० थान र कटहरिया नगरप्रमुख सीयाराम कुुश्वाहाले एक सय १० थान गरी तीन सय ३० थान त्रिपाल पीडितहरुलाई बितरण गरेका थिए ।
उता, गुुजरा नगरप्रमुख सन्तलाल चौधरीले वडा–६ का पाँचसय परिवारलाई एक–एक थान त्रिपाल र दुुई किलोको दरले प्लास्टिक तत्काल घरको छानामा राख्न वितरण गरेका थिए ।
लकडाउनको कारण सबैभन्दा बढी गरिब बिप्पन पीडित भइरहेको अवस्थामा वर्षासँगै आएको असमान्य असिनाको कारण कटहरिया, गुुजरा र फतुवा विजयपुर नगरपालिकाका सयौँ परिवारलाई थप पीडा दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण