लकडाउनकै बीच सिटौलाले गराए छोरोका बिहे, बिहे खर्च राहत कोषलाई
काठमाडौं । नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले लकडाउनका बीच सामाजिक दूरी कायम गरी छोराको बिहे सम्पन्न गराएका छन् ।
आइतबार झापा बिर्तामोडकी मनिषा विमलीसँग सिटौलाका छोरा श्यामप्रसाद सिटौलाको बिहे भएको हो ।
सिटौलाका अनुसार तीन महिनाअघि नै बिहे मिति तोकिएकोले पूर्वनिर्धारित लगनमै बिहे गरिएको हो ।
छोरोका विहेका लागि बैशाख १२ गते उनी काठमाडौंबाट गृहजिल्ला झापा भएको थिए ।
लकडाउनको बेला सामाजिक दूरी कायम गरेर छोराको बिहे गरिएको सिटौलाले रातोपाटीलाई जानकारी दिए ।
उनका अनुसार आफूसहित चार जना जन्ती र दुलहा एउटा गाडीमा गएको र दुलहीका घरमा पनि १० जनामात्रै भेला भएका थिए।
जन्ती गएकाहरूको मुखमा मास्क र हातमा सेनिटाइजर लगाइएको थियो।
सिटौलाले छोरोको बिहे खर्चवापतको रकम आफ्नो निर्वाचन क्षेत्रका स्थानीय तहको कोरोना राहत कोषलाई हस्तान्तरण गरेका बताए ।
झापाका विर्तामोड नगरपालिका, भद्रपुर नगरपालिका, कचनकवल गाउँपालिका, बाह्रदसी गाउँपालिका र हल्दिवारी गाउँपालिकालाई समग्रमा पाँच लाख राहत रकम दिइएको उनले बताए ।
यता नेविसंघका पूर्वमहामन्त्री कुन्दराज काफ्लेले पनि लकडाउनकै बीच बिहे गरेका छन् ।

दोलखा स्थायी घर भएका आफ्ले र मेनुका अधिकारीबीच आइबार बिहे भएको थियो । उनीहरुले पनि बिहे खर्च बापतको २ लाख रकम नेपाल सरकारको कोरोना राहत कोषमा जम्मा गरेका हुन् ।
सोमबार स्वास्थ्यमन्त्री भानुभक्त ढकालमार्फत कोरोना राहत कोषमा काफ्ले दम्पत्तिले दुई लाख हस्तान्तरण गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतार र स्विट्जरल्यान्डको खेल सुरु
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
-
विश्वकपमा कतार र स्विट्जरल्यान्डको सुखद सुरुवातको खोजी
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण