एकै दिनमा बहराइनमा ७७ नेपालीमा कोरोना संक्रमण भेटियो
बुधबार, १७ वैशाख २०७७, ०७ : ४८
बहराइनमा एकैदिन कोरोनाभाइरस (कोभिड–१९) संक्रमित ७७ जना नेपाली भेटिएका छन्।
बहराइनको राजधानी मनामास्थित नेपाली दूतावासका अनुसार एउटा सुपरमार्केट र ३ वटा अलग अलग कम्पनीमा काम गर्ने नेपालीलाई संक्रमण भेटिएको जनाएको छ।
योसँगै बहराइनमा कोरोना भाइरसबाट संक्रमित हुने नेपालीको संख्या १२६ जना पुगेको छ उनीहरुको बहराइनको विभिन्न अस्पतालहरुमा समान्य अवस्थामा उपचार भैरहेको दूतावासले जनाएको छ।
बहराइनमा संक्रमितको सख्या भने १५४६ जना पुगेको छ । जसमध्ये १२४६ जना निको भइसकेका छन् । बहराइनमा अहिलेसम्म कोरोना संक्रमणबाट ८ जनाको मृत्यु भएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मीमा यसरी गर्नुस् कपालको हेरचाह
-
खडेरीले बाराकाे दक्षिणी भागमा रोपाइँ भएन
-
इंग्ल्यान्डसँगको मैत्रीपूर्ण खेल खेल्न नेपाली फुटबल टोली लण्डनमा
-
'जिम्मेवार र मर्यादित पत्रकारिताले मात्र समाजलाई सही गन्तव्य हिँडाउन सहयोग पुर्याउँछ'
-
एकीकृत समाजवादीको चितवन अध्यक्षमा कन्दङ्गवा
-
विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा काठमाडौँमा प्रभातफेरी (तस्बिरहरु)