हावाहुरी र असिनापछि रौतहटका किसानमाथि अज्ञात समुहको कहर
रौतहट । लकडाउनको अवधिमा पटक–पटक वर्षा हावाहुरी असिनाको कहर खेपेका रौतहटका किसानमाथि अज्ञात समुहले थप आघात थपिदिएका छन् । मौलापुर नगरपालिका वडा–८ स्थित एक जना किसानले व्यवसायीक रुपमा ठूलो क्षेत्रफल जग्गामा लगाएको तरकारी बाली अज्ञात समुहले नष्ट गरेका हुन् ।
मौलापुर–८ सोनरनिया गाँउछेउमा स्थानीय किसान रामेश्वर पण्डितले व्यवसायीकरुपमा ८ कठ्ठा जग्गामा लगाएको हाइब्रिड करेला र लौकाको बिरुवा अज्ञात समुहले नष्ट गरेका छन् ।
रामजानकी फलफूल नर्सरीले लगाएको ८ कठ्ठामा रहेको करेला र छेउमै रहेको दुुईसय ५० बोट फलिरहेको लौकाको बिरुवा गत राति अज्ञात समुहले उखेलेर नष्ट गरेको पीडित किसान पण्डितले जानकारी दिएका छन् ।
तरकारीका बिरुवा उखेलेकाले झण्डै १२ लाख बराबरको क्षति भएको उनले जानकारी दिए । फल्ने समयमा बिरुवा नष्ट गर्नेलाई कार्वाहीको दायरामा ल्याउनुुको साथै सरकारसँग उनले क्षतीपुर्तीको माग गरेका छन् ।
ईलाका प्रहरी कार्यालय मौलापुरका प्रमुख ईन्सपेक्टर राकेश यादवले प्रहरीले घटनास्थल निरीक्षण गरिसकेको र थप अनुुसन्धान गरिरहेकाले केही समय भित्रै अपराधी पक्राउ हुने प्रतिबद्धता जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण