सीमा सुरक्षालाई चुनौती दिँदै भारतको पञ्जाबबाट दुुई जना युवक पुगे रौतहट
रौतहट । विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरसको संक्रमण फैलिन नदिन सरकारले गतचैत ११ गतेदेखि अगामी २५ गतेसम्म लकडाउनलाई निरन्तरता दिएको छ ।
कोरोना संक्रमित मध्ये अधिकांस बिरामी बिभिन्न चोरबाटो हुँदै भारतबाट नेपाल आएको पुष्टी भएपछी सिमानामा थपकडाई गरिएको छ ।
भारत बाट कुनैहालतमा चोरबाटो हुँदै कोही मानिस लकडाउनको अवधिमा नेपाल प्रवेश नगरुन भने उदेस्यका साथ सिमानामा नेपाल प्रहरी,सशस्त्र प्रहरीको तैनाथी बढाईएको छ ।
तर सबै सुरक्षा निकायलाई चुनौती दिँदै दुईजना युवा रौतहटको कटहरिया सम्म आइपुगेका छन् ।
भारतको पञ्जाब राज्यमा कमाउन गएका २ कटहरिया नगरपालिकाका दुुईजना युवाहरु शुक्रवार साइकिल चलाएर आइ पुगेका हुन् । लकडाउनको समयमा पञ्जाब मै उनीहरु फसेपछि जेनतेन चोर बाटो प्रयोग गरि कटहरिया आइ पुगेको बताएका छन् ।
साइकिल चलाएर १२ औं दिनमा कटहरिया नपा वार्ड नम्बर ५ का विवेक यादव र वार्ड नम्बर ८ बलुआ टोलका जुना यादव आएका छन् । हामीहरु ८ जना पंजाब बाट घर आइरहेका थियौं २ जना नेपाल आउन सफल भयौ बाँकि ६ जना लाइ भारतिय प्रहरीले भारत बिहार घोडासहनको कवारेनटाइनमा राखेको पञ्जाबबाट आएका विवेक साह सोनारले बताएका छन् ।
साइकल सिमानामै छोडेर दुबैजना युवक आएको खबर सुन्ने बितिकै उनीहरुलाई घरमा जान नदिएर क्वारेन्टाइमा पठाएको ईलाका प्रहरी कार्यालय कटहरियाका सई सुरेन्द्र सिंहले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण