कोरोनालाई हराउनु छ...
-ज्योती कोइराला खनाल
चीनबाट सुरु भई संसारभर फैलिएको छ ।
मानव जाति विनास गर्न कम्मर कसी लागेको छ ।।
अदृश्य छ यो भाइरस आँखाले देख्न सकिँदैन ।
गल्ती सानो भयोभने सरेकोे नै था’पाइँदैन ।।
डराएर होइन डटेर यसको सामना गर्नु पर्छ ।
साबुन पानीले मिचीमिची हात धुने गर्नुपर्छ ।।
हाछ्युँ र खोक्दाखेरि रुमालले नाक मुख छोप्नुपर्छ ।
स्वस्थकर खानेकुरा, तातो पानी सेवन गर्नुपर्छ ।।
सामाजिक दूरी कायम गरी काम गर्ने बानी गरौँ ।
घरभित्रै बसेर रचनात्मक कार्य गर्ने गराँै ।।
बढ्दैछ यो महामारी नियन्त्रणमा आ’को छैन ।
लड्दैछन् स्वास्थ्यकर्मी उनीहरुलाई एकछिन फुर्सद छैन ।।
मन्दिर बन्द मस्जित बन्द बन्द छ चर्च पनि ।
घरमै बसी पाठ गरौँ रामायण, कुरान र बाइबल पनि ।।
हिन्दु, मुिस्लम, इसाई भन्दैन यसले कोही ।
सबै मिली योविरुद्ध लड्नुको विकल्प छैन केही ।।
लकडाउन हुँदाखेरि गुमेको छ मजदुरको रोजीरोटी ।
सकेको सहयोग गर्ने गरौँ नमरुन् कोही भएर रोगी ।।
अरू केही नसोची कोरोनाको चुनौती सामना गर्नु छ ।
एकअर्कालाई सहयोग गरी कोरोनालाई हराउनु छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सयौँ युवालाई ‘सहजकर्ता’ नियुक्त गर्दै सरकार, कार्यविधि अन्तिम चरणमा
-
खैरो हिरोइनसहित बिर्तामोडबाट एक जना पक्राउ
-
लागूऔषधसहित १३ जना पक्राउ
-
छोटो समयमा नै बालेन सरकारप्रति जनतामा निराशा चुलियो : प्रभु साह
-
बस्ती खाली गराउने क्रममा भएका त्रुटिलाई सरकारले सच्याउनुपर्छ : गगन थापा
-
भारतले सीमावर्ती क्षेत्रको जनसङ्ख्याको अवस्थाबारे अध्ययन गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण