अलिकता संवाद - मार्क्ससंग
मङ्गलबार, २३ वैशाख २०७७, १० : २४
मैले मार्क्सलाई भनें -
कमरेड !
हामी- तिम्रै खेती गरिरहेछाैं,
तिमै बालीमा रमिरहेछाैं ।
देखेर हाम्राे खेती विधि,
भन्नेहरूले त भने -
मार्क्सीय सक्कल भत्कन्छ,
प्रकृति बिग्रन्छ,
बिनास हुन्छ धरती र मानवता ।
तर,
किराबाट जाेगियाेस् वाली भन्ठानेर
हुनसम्म सप्राेस मार्क्सीय वाली भन्ठानेर
विषादी मिसाएका छाैं तिमीमा
विकासे मलजल गरेका छाैं तिमीमा
र खेती सपारेका छाैं गजबले ।
तर आरिसेहरू,
काेकाेहाेलाे हालिरहेछन्
आराेपित गरिरहेछन् र भनिरहेछन हामीलाई
मार्क्समा मिसाएकाे रसायनले
तिमीमा घाेलिएकाे बिषादीले
अन्तत; मर्नेछन सारा जीवनहरू ।
र,मर्नेछ सिङ्गै प्रकृति र याे धरती ।
अरिङ्गाठेहरूमा यी आराेपहरू छिचाेल्दै
दुईदिन नै सही
रसायन र बिखादीकाे मदतले
फूलिरहेछाै/ झुलिरहेछाै तिमी
हाम्राे करेशाबारीमा ।
०००
(कार्ल मार्क्सकाे २०२औं जन्मदिनको सुअवसरमा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मैदानमै फेरि ढले डेनिस स्टार क्रिस्टियन एरिक्सन, युक्रेनविरुद्धको खेल रद्द
-
१२ बजे १२ समाचार: सरकारमाथि कांग्रेसको निगरानीदेखि ओलीका स्वकीय सचिवमाथि अनुसन्धान सुरुसम्म
-
‘बार्न’ अध्यक्षमा घिमिरे निर्वाचित
-
दरबार रोधीको १८औँ वार्षिकोत्सवमा दृष्टिविहीन कलाकारलाई सहयोगको घोषणा
-
भुटान केन्द्रबिन्दु भएर ५.३ म्याग्निच्युडको भूकम्प: नेपालसहित पाँच देशमा धक्का महसुस
-
किचकबधमा नवौँ चरणको उत्खनन सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण