बुधबार, ०९ जेठ २०८१
ताजा लोकप्रिय

करोड क्लबमा ‘माया जदौ’

आइतबार, २८ वैशाख २०७७, ११ : १७
आइतबार, २८ वैशाख २०७७

काठमाडौं । हाँस्य कथामा निर्माण गरिएको फिल्म ‘हिजो आजका कुरा’को ‘माया जदौ’ बोलको गीतले एक करोड बढी दर्शक पाएको छ ।

फिल्म प्रचारप्रसारका लागि दुई महिना  अगाडि सार्वजनिक गीतले दर्शकबाट राम्रो प्रतिक्रियासमेत पाउन सफल भएको छ ।

साकार पन्तको निर्देशन रहेको फिल्म हास्य कलाकार सन्तोष पन्तले निर्माण गरेका हुन् ।

गीतमा रामकृष्ण ढकाल र मेलिना राईको स्वर, आनन्द अधिकारीको शब्द र दीपक शर्माको संगीत छ । कविराज गहतराजको कोरियोग्राफी रहेको गीतको भिडियोमा मदनकृष्ण श्रेष्ठ, सन्तोष पन्त, नीर शाह, शम्भुजीत बास्कोटा, भुवन चन्द, बसुन्धरा भुसाल, मिथिला शर्मा, गौरी मल्ल, धीरेन शाक्य, रमा थपलीया, दिनेश डिसी, दीपाश्री निरौला, जीतु नेपाल, केदार घिमीरे, जयनन्द लामा, शिवहरि पौडेल, केकी अधिकारी, ऋचा शर्मा, साकार पन्त, रिमा विश्वकर्मा, जेविका कार्की, नवीन के भट्टराई, नितेशजंग कुँवर, नम्रता श्रेष्ठ, यमन श्रेष्ठ, रमेश अधिकारी, सबिन शाक्य, मन्जु श्रेष्ठ, बिनय कुँइकेल, अनुष्का अधिकारी, लुनिभा तुलाधरलगायतको अभिनय देख्न सकिन्छ ।

कोरोना भाइरसका कारण जारी लकडाउनले गर्दा प्रदर्शन स्थगित भएको फिल्म स्थिती सामान्य भएपछि प्रदर्शनमा ल्याइने निर्माण युनिटले जनाएको छ ।

गीतले छोटो समयमै करोडभन्दा बढी दर्शक पाएकोमा निर्देशक साकारले खुशी ब्यक्त गरेका छन् । उनले गीत हेर्नुहुने सम्पूर्ण दर्शक प्रति आभार ब्यक्त  समेत गरेका छन् ।

फिल्ममा सन्तोष पन्त, साकार पन्त,रमा थपलीया,लक्ष्मी भुसाल, केकी अधिकारी, ऋचा शर्मा, दिव्यदेव पन्त, रिमा विश्वकर्मा, जयनन्द लामा, जेविका कार्की, रमेश अधिकारी, बिनय कुँइकेल, अनुष्का अधिकारी, निराजनप्रसाद अर्याल ,सबिन शाक्यलगायतका कलाकारले अभिनय गरेका छन् ।

पन्त फिल्म प्रोडक्सनको ब्यानरमा प्रतिभा पन्त कार्यकारी निर्माता तथा बैकुण्ठप्रसाद उपाध्याय र सचितकुमार मिश्र सहनिर्माता रहेको फिल्मको कथा सन्तोष पन्तले लेखेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप