भारतमा कोरोना सङ्क्रमितको संख्या ६० हजार पुग्यो, ३० प्रतिशत निको
नयाँदिल्ली । भारतमा कोरोनाभाइरसबाट सङ्क्रमितको संख्या ६० हजार पुगेको छ । सङ्क्रमितहरुको संख्या बढ्दै गएसँगै सङ्क्रमणबाट निको हुनेहरुको दर पनि बढ्दै गएको अधिकारीहरुले जनाएका छन् । उनीहरुका अनुसार झण्डै ३० प्रतिशत सङ्क्रमितलाई निको भएको छ ।
शनिबारमात्रै झण्डै तीन हजार ३२० जना कोरोनाभाइरस सङ्क्रमितहरु थपिएको जनाइएको छ । योसँगै भारतमा कुल सङ्क्रमितको संख्या ५९ हजार ६६२ पुगेको छ । सङ्क्रमितको संख्या झण्डै ६० हजार पुगेपनि अहिले विरामी अवस्थामै रहेकाहरुको संख्या भने ३९ हजार ८३४ रहेको छ । त्यसैगरी सङ्क्रमणमुक्त हुनेहरुको संख्या १७ हजार ८४७ रहेको अधिकारीहरुले जनाएका छन् ।
पछिल्लो २४ घण्टाको अवधिमा मात्रै भारतमा ९५ जनाको कोरोनाभाइरसका कारण मृत्यु भएको छ । यो सँगै भारतमा कोरोनाका कारण मृत्यु हुनेहरुको कुल संख्या एक हजार ९८१ पुगेको छ ।
केन्द्रीय स्वास्थ्यमन्त्री डा.हर्ष बर्धनले शनिबारले सङ्क्रमित र मृत्यु हुनेहरुको संख्या दिनप्रतिदिन बढ्दै गएपनि कतिपय विकसित देशहरुमा जस्तो अनियन्त्रित र भयावह अवस्था भने नरहेको बताए ।
हाम्रोमा कोरोनाभाइरसबाट सङ्क्रमितहरुको मृत्युदर झण्डै ३.३ प्रतिशत रहेको छ जबकी सङ्क्रमणमुक्त हुने दर भने २९.९ प्रतिशत रहेको छ, उहाँले भन्नुभयो । यस तथ्याँकलाई उनले सुखद र सकारात्मक भएको तर भयावह अवस्थाको नभएको दावी गरे । –एएनआई
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियसभामा पनि कांग्रेसको अवरोध, बैठक स्थगित
-
समर हुम्लीका हुम्ला–कर्णालीबारे ११ किताब
-
लण्डनमा बुद्ध जयन्ती मनाउन साढे तीन फिटको बुद्धको मूर्ति ल्याइयो
-
विरोध, बहिष्कार अनि विश्वासको मत, तस्बिरहरू हेर्नुहोस्
-
विपक्षमा शून्य मत हुँदा सत्ता पक्षकै तीन सांसद अनुपस्थित
-
नयाँ बानेश्वरमा विपक्षी दलको बैठक सुरु