विरोध, बहिष्कार अनि विश्वासको मत, तस्बिरहरू हेर्नुहोस्

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली काँग्रेससहितका विपक्ष दलहरूको अवरोधकाबिच प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गरेका छन् ।
बैठकको सुरुवातदेखि नै कांग्रेसलगायत विपक्षी दलले वेल घेराउ गर्दै नाराबाजी सुरु गरेको थियो । प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने अवधिभर उनीहरूको नाराबाजी जारी रह्यो । उनीहरूले विश्वासको मतका लागि गरिएको मत विभाजनमा बहिष्कार गरे ।
अवरोधका बिच १५८ जना सांसदहरू उपस्थित भएकोमा १५७ जना सांसदले प्रधानमन्त्री प्रचण्डले प्रस्तुत गरेको प्रस्तावको पक्षमा मतदान गरेका थिए ।
प्रतिनिधि सभामा हाल उपस्थित रहेका सांसदहरूको सङ्ख्या मध्ये १५७ मत बहुमत भएकाले प्रधानमन्त्री दाहालले विश्वासको मत प्राप्त गर्नुभएको सभामुख देवराज घिमिरेले घोषणा गरे । यता विपक्षहरूले मत नहालेकाले सो प्रस्तावको विपक्षमा शून्य मत परेको थियो ।
प्रतिनिधिको अर्को बैठक जेठ ८ गते मंगलबार बिहान ११ बजे बोलाइएको छ ।
तस्बिरहरु : कृष्ण खड्का, प्रदीपराज वन्त, नेपाल फोटो लाइब्रेरी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फेसबुकमा ‘अलबिदा’ लेख्ने डाक्टरले भेटे गृहमन्त्री
-
रवीन्द्र मिश्रको बयान न्यायाधीश तारादेवी महर्जनको इजलासमा
-
प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई उपेक्षा, कुन प्रदेशको बजेट कस्तो ?
-
तीन प्रदेशका १५ अस्पतालबाट मुटु रोगको निःशुल्क उपचार
-
बजेटको समयमा संसदीय समितिमा विधेयकमाथि छलफल नगरौँ: सांसद यादव
-
सुनको मूल्य तोलामा २ हजार रुपैयाँ घट्यो