विश्वासको मत
विपक्षमा शून्य मत हुँदा सत्ता पक्षकै तीन सांसद अनुपस्थित
सोमबार, ०७ जेठ २०८१, १३ : ४४
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत प्राप्त गरेका छन् । प्रधानमन्त्रीले एमालेसँगको सत्ता गठबन्धन निर्माण गरेपछि दोस्रोपटक विश्वासको मत प्राप्त गरेका हुन् ।
यसअघि १५७ मत पाएका उनले उक्त मत कायम राखेका छन् । सोमबारको विश्वासको मतमा कुल १५८ सांसदले भाग लिएका थिए ।
तीमध्ये १५७ जनाले प्रधानमन्त्रीलाई विश्वासको मत दिएको पाइएको छ। सत्ता गठवन्धनभित्र रहेका एकीकृत समाजवादीका प्रकाश ज्वाला, नाउपाका गंगाराम चौधरी र एमालेका वसन्त नेम्वाङ अनुपस्थित भए ।
एमालेकै सांसद टोपबहादुर रायमाझी नक्कली भुटानी शरणार्थी प्रकरणका क्रममा निलम्बनमा रहेका छन् ।
नेकपा एमाले-७६
माओवादी-३२
रास्वपा-२१
एकीकृत समाजवादी-९
अशोक राई-७
नाउपा-३
जनमत-६
प्रभु साह-१
अमरेशकुमार सिंह-१
योगेन्द्र मण्डल-१
कुल-१५७
मत दिन्न-१
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किसानहरूले पाए केराको उचित मूल्य
-
खुला सीमा नाकालाई सुरक्षित र प्रविधिमैत्री बनाउन गृह मन्त्रालयलाई निर्देशन
-
सरकार र सिजेपी नेताबिचको वार्ता निष्कर्षविहीन
-
स्थानीय तह पुनरवलोकनलाई वैज्ञानिक र व्यावहारिक बनाउनुपर्ने
-
क्षेत्रीय बजारमा नेपाली विद्युत् विस्तार गर्न निजी क्षेत्रको सहभागिता आवश्यक : मन्त्री श्रेष्ठ
-
इन्जिनियरिङ शिक्षातर्फ विद्यार्थीको आकर्षण बढाउन सरोकारवालासँग छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण