नेहा धुपियाले विवाहको वर्षगाँठमा सेयर गरिन् ५ प्रेमीका ३ तस्बिर
बलिउड नायिका नेहा धुपिया तथा नायक अंगद बेदीले मे १० तारिखमा आफ्नो विवाहको दोस्रो वर्षगाँठ मनाए । कडा अभिव्यक्तिका कारण धेरैजसो चर्चामा आइरहने नेहाले आफ्नै शैलीमा श्रीमानलाई विवाहको दोस्रो वर्षगाँठको शुभकामना दिइन् । यतिबेला उनले आफ्नो एक विवादित बयानलाई पुनः दोहोराएकी छिन् ।
नेहा धुपियाले अंगद बेदीसँगको आफ्ना केही तस्बिर ट्वीट गर्दै लेखिन्, ‘ह्याप्पी एनिभर्सरी माई लभ । सहकार्यको दुई वर्ष । अंगद मेरो जीवनको प्रेम हुन् । एक सपोर्ट सिस्टम, एक उत्कृष्ट पिता, मेरा निकै मिल्ने साथी र निकै रिस उठाउने रुम मेट । मैले एउटै व्यक्तिमा पाँच प्रेमी भेटेँ । यो मेरो छनोट हो ।’
Happy anniversary my love ... to two years of togetherness 💕... "Angad is like 1. The love of my life 2. a suport system 3. a great father,4. My best friend and 5. The most annoying roommate ever. It's like I have 5 bfs in one...it's my choice." #thosewhoknowknow @Imangadbedi pic.twitter.com/dmlZFW0IZ0
— Neha Dhupia (@NehaDhupia) May 10, 2020
उनको यो पोस्टमा अंगदले पनि प्रतिक्रिया दिएका छन् ।
नेहाले तस्बिरमा जुन क्याप्सन लेखेकी छिन्, त्यो उनका प्रशंसकलाई निकै मन परिरहेको छ । केही समयअघि नेहा धुपियाको एउटा भिडियो निकै भाइरल भएको थियो । जसमा उनले एक युवतीले जतिसुकै प्रेमी राखेपनि त्यो उनको आफ्नो इच्छा भएको बताएकी थिइन् । रोडिजको अडिशनका लागि आएका एक प्रतिस्पर्धीले आफ्नी प्रेमिकाले एकैपटक पाँचजना केटासँग डेटिङ गरिरहेको थाहा पाएपछि उनलाई थप्पड हानेको बताएका थिए । उनको यसै अभिव्यक्तिमा नेहाले यस्तो प्रतिक्रिया दिएकी थिइन् जसका कारण नेहा अत्यधिक ट्रोलसमेत भएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आरक्षण कटौती गरिए कर्मचारीतन्त्रमा दलितको सहभागिता सवा प्रतिशत पनि रहँदैन : सचेतक परियार
-
भाइरलको दौड हैन, सदाबहार सिर्जना रोज्दै बबिता
-
गाजापट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान
-
एमालेमा पार्टी शुद्धीकरण र पुनर्गठन अभियान : प्रदेशबाट थालियाे सुझाव सङ्कलन
-
जनसाङ्ख्यिक लाभांशमार्फत मधेसको आर्थिक रूपान्तरण कसरी गर्ने ?
-
आर्थिक र प्राविधिक अभावले करोडौँका डायलासिस मेसिन प्रयोगविहीन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण