बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

नेहा धुपियाले विवाहको वर्षगाँठमा सेयर गरिन् ५ प्रेमीका ३ तस्बिर

सोमबार, २९ वैशाख २०७७, १३ : ५६
सोमबार, २९ वैशाख २०७७

बलिउड नायिका नेहा धुपिया तथा नायक अंगद बेदीले मे १० तारिखमा आफ्नो विवाहको दोस्रो वर्षगाँठ मनाए । कडा अभिव्यक्तिका कारण धेरैजसो चर्चामा आइरहने नेहाले आफ्नै शैलीमा श्रीमानलाई विवाहको दोस्रो वर्षगाँठको शुभकामना दिइन् । यतिबेला उनले आफ्नो एक विवादित बयानलाई पुनः दोहोराएकी छिन् ।

नेहा धुपियाले अंगद बेदीसँगको आफ्ना केही तस्बिर ट्वीट गर्दै लेखिन्, ‘ह्याप्पी एनिभर्सरी माई लभ । सहकार्यको दुई वर्ष । अंगद मेरो जीवनको प्रेम हुन् । एक सपोर्ट सिस्टम, एक उत्कृष्ट पिता, मेरा निकै मिल्ने साथी र निकै रिस उठाउने रुम मेट । मैले एउटै व्यक्तिमा पाँच प्रेमी भेटेँ । यो मेरो छनोट हो ।’

उनको यो पोस्टमा अंगदले पनि प्रतिक्रिया दिएका छन् ।

नेहाले तस्बिरमा जुन क्याप्सन लेखेकी छिन्, त्यो उनका प्रशंसकलाई निकै मन परिरहेको छ । केही समयअघि नेहा धुपियाको एउटा भिडियो निकै भाइरल भएको थियो । जसमा उनले एक युवतीले जतिसुकै प्रेमी राखेपनि त्यो उनको आफ्नो इच्छा भएको बताएकी थिइन् । रोडिजको अडिशनका लागि आएका एक प्रतिस्पर्धीले आफ्नी प्रेमिकाले एकैपटक पाँचजना केटासँग डेटिङ गरिरहेको थाहा पाएपछि उनलाई थप्पड हानेको बताएका थिए । उनको यसै अभिव्यक्तिमा नेहाले यस्तो प्रतिक्रिया दिएकी थिइन् जसका कारण नेहा अत्यधिक ट्रोलसमेत भएकी थिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप