शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

दुई ठूला टेलिकम कम्पनीले दिए ३ अर्ब ८८ करोड बोनस ब्यालेन्स

शुक्रबार, ०२ जेठ २०७७, १६ : ४७
शुक्रबार, ०२ जेठ २०७७

काठमाडौं– कोरोनाभाइरस रोग (कोभिड १९) नियन्त्रण तथा रोकथामका लागि हाल देशभर कायम रहेको लकडाउनको अवस्थामा ग्राहकलाई दुई ठूला दूरसञ्चार कम्पनीहरुले रु. ३ अर्ब ८८ करोड बढी बोनस ब्यालेन्स दिएका छन् ।

कोरोनाभाइरस संक्रमण फैलन नदिन सरकारले चैत्र ११ बाट लकडाउन शुरु गरेको हो । त्यसको भोलिपल्टबाट निजी क्षेत्रको कम्पनी एनसेलले र सरकारी कम्पनी नेपाल टेलिकमले पर्सिपल्टबाट ग्राहकलाई रिचार्जमा बोनस दिन थालेका थिए ।

केही दिन अघि नेपाल टेलिकमले सार्वजनिक गरेको तेस्रो त्रैमासिकको अन्तरिम वित्तीय विवरणअनुसार कम्पनीले १०० प्रतिशत बोनस ब्यालेन्स बापत रु. ५३ करोड ४० लाख दिएको छ । यसले गर्दा टेलिकमको आयमा समेत गिरावट आएको छ ।

एनसेलका अनुसार, उसले ग्राहकलाई रु. ३ अर्ब ३५ करोड भन्दा धेरै बोनस ब्यालेन्स रकम प्रदान गरिसकेको छ । एनसेलले पहिलो दिन अर्थात चैत्र १२ गते रिचार्जमा ५० प्रतिशत दिएको थियो । त्यसको भोलि पल्टनै घोषणा गरी ग्राहकलाई १२० प्रतिशत बोनस दिन थालेको थियो ।

यसरी पाएको बोनसबाट ग्राकहहरुले फोन कल गर्न, एसएमएस पठाउन र इन्टरनेट चलाउन पाएका थिए । बोनस ब्यालेन्स प्रयोगको समयावधि एनसेलमा ३ दिनको रहेको थियो भने नेपाल टेलिकममा रिचार्ज रकम हेरी २ देखि ६ दिनसम्मको थियो ।

यसरी प्रदान गरिएका अफरहरु र छुट तथा सस्तोमा सेवा प्रदान गर्दा आयमा नकारात्मक प्रभाव पार्ने दुवै कम्पनीले बताउँदै आएका थिए । 

हालै प्रकाशित एक अन्तर्वातामा एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङले कोभिड १९ का कारण व्यापारको आकार ४० प्रतिशतले खुम्चिएको र सबै भन्दा बढी भ्वाइस सेवामा नोक्सानी भएको बताएका थिए ।

लकडाउनका कारणले सबै घरमा नै बस्ने भएकाले इन्टरनेटको प्रयोग ३० प्रतिशत भन्दा बढिले बढेको छ । कोरोनाभाइरस संकटका बेलामा सरकारको निर्देशन बमोजिम एनसेल र नेपाल टेलिकम दुबैले इन्टरनेटमा २५ प्रतिशत छुट पनि दिएका छन् । र आ—आफ्नो तर्फबाट अन्य विभिन्न अफरहरु पनि ल्याएका थिए ।

यी दुवै कम्पनीले सरकारलाई कोभिड १९ को विरुद्ध संघर्ष गर्न अन्य सहयोग पनि गरेको छन् । जस्तै एनसेलले एसएसएस, आउट बाउन्ड डायलर कल र कल टोन मार्फत जनचेतना फैलाएको छ ।

त्यसैगरी नेपाल टेलिकमले पनि कल टोनमा मार्फत चेतनामुलक सन्देश दिएको छ । यी कम्पनीहरुले कोरोनाभाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लाथि सरकारले स्थापना गरेको कोषमा रु.१०/१० करोड योगदान, यूएसएसडी मार्फत मानिसहरुलाई कोरोनाभाइरस संक्रमन भए/नभएको आफै मुल्याङ्कन गर्न सर्वेक्षण र कोभिड–१९ संकट व्यवस्थापन  केन्द्रलाई कन्ट्याक्ट ट्रेसिङमा पनि आवश्यक सहयोग गरेका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप