राप्रपाका केही पदाधिकारीसहित १८३ नेता कार्यकर्ताद्वारा पार्टी परित्यागको घोषणा (सूचीसहित)
सारांश
- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केही पदाधिकारीसहित १८३ जना नेता कार्यकर्ताले पार्टी परित्यागको घोषणा गरेका छन् ।
- महामन्त्री धवलशमशेर राणा, उपाध्यक्ष मुकुन्दश्याम गिरी, पूर्वमन्त्री दिलनाथ गिरी, नेता केशव राज श्रेष्ठसहितका केन्द्रीय सदस्य, जनवर्गीय संगठन पदाधिकारी एवम् कार्यकर्ताहरूले पहिलो चरणमा पार्टी परित्याग गरेको घोषणा गरेका हुन् ।
- उनीहरूले बिहीबार एक संयुक्त वक्तव्य जारी गर्दै पार्टी परित्यागको घोषणा गरेका हुन् ।
काठमाडौँ । राप्रपाका केही पदाधिकारीसहित १८३ जना नेता कार्यकर्ताले पार्टी परित्यागको घोषणा गरेका छन् ।
बिहीबार एक संयुक्त वक्तव्य जारी गर्दै महामन्त्री धवलशमशेर राणा, उपाध्यक्ष मुकुन्दश्याम गिरी, पूर्वमन्त्री दिलनाथ गिरी, नेता केशव राज श्रेष्ठसहितका केन्द्रीय सदस्य, जनवर्गीय संगठन पदाधिकारी एवम् कार्यकर्ताहरूले पहिलो चरणमा पार्टी परित्याग गरेको घोषणा गरेका हुन् ।
राप्रपाको मूल नेतृत्वमा देखिएको वैचारिक विचलन, स्वेच्छाचारिता र आत्मकेन्द्रित शैलीका कारण पार्टी परित्याग गर्नु परेको नेताहरूको भनाइ छ । संयुक्त वक्तव्यमा उनीहरुले पार्टीको स्थापनाकालीन आदर्श 'संवैधानिक राजसंस्था' लाई लत्याउँदै नेतृत्वले केन्द्रीय कार्यसमितिलाई समेत जानकारी नदिई वर्तमान सरकारको 'संघीय लोकतान्त्रिक गणतन्त्र सुदृढीकरण' गर्ने न्यूनतम साझा कार्यक्रममा साझेदारी गरेको जिकिर गरेका छन् ।
राजसंस्था पुनस्र्थापनाको लक्ष्य लिएको पार्टीले गणतन्त्र बलियो बनाउने सरकारको साझेदार बन्नुलाई उनीहरूले गम्भीर विरोधाभासका रूपमा लिएका छन् ।
नेताहरूले पार्टीभित्र मौलाउँदै गएको निरंकुश शैली र विधान उल्लंघनको विषयलाई पनि राजीनामाको आधार बनाएका छन् ।
२०८२ को निर्वाचनमा ९७ प्रतिशत उम्मेदवारको जमानत जफत हुनु र जनविश्वास घट्दै जानुमा नेतृत्वको कमजोरी रहेको उनीहरूको ठहर छ । विधान पालना हुनुपर्छ भन्ने आवाज उठाउँदा उल्टै कारबाही भोग्नुपर्ने र जेठभित्र महाधिवेशन गर्ने वैधानिक निर्णयसमेत उल्लंघन हुनुले पार्टीमा बस्ने वातावरण नरहेको वक्तव्यमा उल्लेख छ ।
संस्थापक नेताहरूको अपमान र नयाँ पुस्ताको अवमूल्यन भएको महसुस गर्दै उनीहरूले राजसंस्था पुनस्र्थापनाको आन्दोलनलाई नेतृत्वले नै कमजोर बनाएको आरोप लगाउँदै आजकै मितिबाट पार्टीका सबै जिम्मेवारी त्यागेको घोषणा गरेका छन् । राणाले छिट्टै नयाँ पार्टी घोषणाको तयारी गरेको नेताहरुले बताएका छन् ।

_bAP8abPgWf.jpg)

_jM7kMR9qiu.jpg)

_7aEQtyqw2d.jpg)


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्षौंदेखि अलपत्र १५ सडकका ठेक्का तोडियो
-
सर्लाहीका तीन प्रदेश सभा सदस्यलाई कांग्रेसले गरायो सचेत, बाराका उपसभापतिलाई सफाइ
-
पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा ५ जनाको मृत्यु
-
नेपाली कांग्रेस बाराका सभापति निलम्बित
-
टीकापुरमा ‘अन्तर व्यवस्थापिका सम्मेलन’ हुने
-
काठमाडाैँ महानगरद्वारा शिक्षण अस्पताललाई उपकरण प्रदान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण