एमालेको २ दिने कार्यशाला : सदस्यता नवीकरणको म्याद थप्न सुझाव
सारांश
- एमालेको दुई दिने 'पार्टी सदस्यता नवीकरण र विस्तार उत्प्रेरणा राष्ट्रिय कार्यशाला' मा सदस्यता नवीकरणको म्याद थप्न सुझाव आएको छ ।
- कार्यशालामा सहभागी टोली नेताहरूले सदस्यता नवीकरण र विस्तारमा देखिएका जटिलतालाई सहज बनाउनुपर्ने र डिजिटल फर्म भर्दा समस्या हुने ठाउँमा भौतिक फारमको व्यवस्था गर्नुपर्ने सुझाव दिएका छन् ।
- गत निर्वाचनमा गद्दारी गर्नेको सदस्यता नवीकरण रोक्नुपर्ने आवाज पनि कार्यशालामा उठेको छ ।
काठमाडौँ । नेकपा (एमाले)को दुई दिने ‘पार्टी सदस्यता नवीकरण र विस्तार उत्प्रेरणा राष्ट्रिय कार्यशाला’ अन्तर्गत बिहीबार टोली नेताहरूले आ–आफ्नो प्रस्तुति सकेका छन् । अध्यक्ष केपी शर्मा ओलीले बुधबार उद्घाटन गरेको कार्यशालाको पहिलो दिन समूहगत छलफल सकेर दोस्रो दिन समूहगत प्रस्तुति दिएका हुन् ।
एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख नीरज आचार्यका अनुसार अधिकांश टोली नेताहरूले पार्टी सदस्यता नवीकरण र सदस्यता विस्तारमा देखिएका जटिलतालाई सहज बनाउन सुझाव दिएका छन् ।
‘सदस्यताका सम्बन्धमा आइपर्ने अप्ठ्याराहरू फुकाउनुपर्छ कि भन्ने सुझावहरू आएका छन्’, आचार्यले भने, ‘कतिपयले सदस्यताको म्याद पनि थप्नुपर्छ भनेका छन् ।’ कार्यशालामा कतिपय टोली नेताले गत निर्वाचनमा गद्दारी र फट्याइँ गर्नेको सदस्यता नवीकरण रोक्नुपर्ने आवाज समेत उठाएका छन् ।
‘पार्टी निर्माणको विषयमा तलदेखि माथिसम्म सदस्यता नवीकरण गर्दै कार्यकर्ताहरूको व्यवस्थापन पनि ठिक ढङ्गले गर्नुपर्छ, जसले सङ्गठन र कमिटी चुस्त दुरुस्त बनाउन सकिन्छ’, कोशीका टोली नेता घनश्याम खतिवडाले टोली नेताहरूले कार्यशालामा राखेको प्रस्तुतिको सारसंक्षेप बताए ।
नेकपा एमालेले सदस्यता नवीकरण तथा वितरणको म्याद जेठ १५ सम्म निर्धारण गरेको थियो । उक्त समय पार भैसकेको छ ।
अर्का एक टोली नेताका अनुसार एमालेले डिजिटल फर्म भरेर सदस्यता वितरण र नवीकरण गर्ने भने पनि कतिपय ठाउँमा इन्टरनेट अभाव तथा नेटमा अभ्यस्त समेत नभएकाले समस्या पैदा भएकाले भौतिक रूपमै फारम भर्ने व्यवस्था गर्नुपर्ने सुझाव आएको बताए ।
‘सदस्यता फर्म व्यवहारिक बनाउनुपर्छ, डिजिटल फर्म भर्न सबैको पहुँच पुग्दैन, जान्दैनन्’, एक टोली नेताले रातोपाटीसँग भने, ‘अझै पनि धेरै ठाउँमा डिजिटल फर्म भर्न सक्ने अवस्था नभएकाले भौतिक रूपमा फर्म भरेर प्रविष्ट गर्ने व्यवस्था मिलाउनुपर्छ भन्ने सुझाव आएका छन् ।’
बैठकमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरण सवालमा कसैले पनि आवाज नउठाएको नेताहरूले बताएका छन् । ‘नेतृत्व हस्तान्तरण र पुस्तान्तरणको कुरा कार्यशालामा उठेन’, एक सहभागीले भने, ‘त्यसमा अहिले विषय नउठाउने भन्नेमा सबै एकमतजस्तै देखिएको छ ।’
कार्यशालामा सुदूरपश्चिमबाट कृष्ण जैसी, राजधानी प्रदेशबाट नारायण सिलवाल, गण्डकी प्रदेशबाट नवराज शर्मा, लुम्बिनीबाट राधाकृष्ण कँडेल, कर्णालीबाट गुलावजंग शाह, मधेस प्रदेशबाट चन्द्रेश्वर मण्डल, काेशी प्रदेशबाट घनश्याम खतिवडा, बाग्मती प्रदेशबाट दावा दोर्जी लामा, सम्पर्क समन्वय समूहबाट अशोक ठकुरी र जनसङ्गठन समूहबाट महाराज गुरुङले समूहको प्रस्तुति राखेका थिए ।
समूहगत प्रस्तुति सकेसँगै महासचिव शंकर पोखरेलले महासचिव शंकर पोखरेलले प्रस्तुतिहरूमाथि टिप्पणी (रेस्पोन्स) गर्दै पार्टीका तर्फबाट दिशा निर्देशसहितको सम्बोधन गरेपछि समसामयिक प्रस्ताव पारित गरेर कार्यशाला सकिने प्रचार तथा प्रकाशन विभाग प्रमुख आचार्यले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
-
बागमतीमा ८ मन्त्रालयअन्तर्गत १९१ कार्यालय कायम (नामसहित)
-
चिकित्सक लाइसेन्स परीक्षा : विदेशबाट अध्ययन गरी फर्किएका अधिकांश परीक्षार्थी फेल
-
अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा
-
सार्वजनिक सेवामा नागरिकको पहुँच विस्तार सरकारको प्राथमिकतामा : मन्त्री रावल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण