शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

प्रहरीले भेट्यो चोरी भएको मोटरसाइकल

मङ्गलबार, २० भदौ २०७४, १० : ११
मङ्गलबार, २० भदौ २०७४

तनहुँ - गत भदौ १७ गते  चोरी भएको मोटरसाइकल प्रहरीले फेला पारी सोमबार मोटरसाइकल धनीलाई हस्तान्तरण गरेको छ । बारा जिल्ला कोल्वी गाविस वडा नं ९ स्थायी घर भई हाल व्यास १० मा आफु बस्दै आएको घरको कम्पाउण्डमा पार्किड गरी राखेको विकास गौतमको मोटरसाइकल चोरी भएकोमा प्रहरीले फेला पारी संम्वन्धित धनीलाई हस्तान्तरण गरेको  हो । 

पार्किड गरी राखेको ग ६ प ५४१६ नम्वरको सुजुकी मोटरसाइकल चोरी भएको भनि गौतमले प्रहरीमा जाहेरी दिएपछि प्रहरीले अनुसन्धान तथा खोजतलासको लागि सक्रियता बढाएको थियो । पछिल्लो समय व्यापक रुपमा प्रहरी परिचालन गरी दमौली बजारबाट मोटरसाइकल चोरेपछि लैजान सक्ने संम्भावित नाकाहरुमा समेत मध्यनजर गर्दै खोजतलास कार्यलाई तीव्रता दिएको थियो । 

यसरी खोजी गर्दै जाने क्रममा व्यास नगरपालिका वडा नं २ स्थित उत्तरशिला लाइनमा वेवारिसे अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ । उक्त चोरीमा संलग्न व्यक्तिहरुको खोजी कार्य भैरहेको प्रहरीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

किरण श्रेष्ठ
किरण श्रेष्ठ
लेखकबाट थप