बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्ष बन्न सात जना प्रारम्भिक सूचीमा
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्ष पदका लागि आवेदन दिने चिकित्सकहरूको प्रारम्भिक सूची प्रकाशन गरेको छ ।
स्वास्थ्य मन्त्रालयले बुधबार प्रकाशन गरेको सूचना अनुसार आवेदन पेस गर्ने आवेदकहरू मध्येबाट वर्णानुक्रमका आधारमा सात जना चिकित्सकहरूको नामावली सार्वजनिक गरिएको हो ।
प्रारम्भिक सूचीमा सूचीकृत हुनेहरूमा डा. अजय कुमार झा (धनुषा), डा. जया श्रेष्ठ (चितवन), डा. भावना वाग्ले (चितवन), डा. योगेन्द्र प्रसाद सिंह (सर्लाही), डा. लक्ष्मी नारायण सिंह (महोत्तरी), डा. विजय चन्द्र आचार्य (चितवन) र डा. विश्वराम पौडेल (रामेछाप) रहेका छन् ।
मन्त्रालयका अनुसार छनोट प्रक्रियालाई अगाडि बढाउनका लागि ती उम्मेदवारहरूले बढीमा तीन हजार शब्दमा नबढ्ने गरी आफ्नो सोचपत्रु बुझाउनुपर्ने व्यवस्था गरिएको छ ।
इच्छुक उम्मेदवारहरूले आगामी असार १ गते कार्यालय समयभित्र मन्त्रालयमा सोचपत्र बुझाइसक्नुपर्नेछ । उम्मेदवारहरूको अन्तर्वार्ताको मिति र स्थान भने सम्बन्धित आवेदकहरूलाई पछि जानकारी गराइने मन्त्रालयले जनाएको छ ।
गत १५ वैशाखमा प्रकाशित गरिएको सूचनामा आठ जनाको आवेदन परेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुस्तामा भारतीय सीमा सुरक्षा बलको हस्तक्षेपविरुद्ध माओवादीको प्रदर्शन (तस्बिरहरु)
-
कांग्रेसको संस्थापन इतर पक्षले भोलि आइतबार विराटनगरमा भेला गर्दै
-
नेपाल र चीनका पाँच दर्जन सगरमाथा आरोही बेजिङमा सम्मानित
-
एआई क्रान्तिको अँध्यारो पक्ष : १० किलोमिटरसम्म फैलिँदैछ ‘हट जोन’
-
पुराना दलको विकल्पमा दुई वटा स्पष्ट वैचारिक ‘वैकल्पिक शक्ति’ आवश्यक छ : बाबुराम भट्टराई
-
काठमाडौँमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको प्राइड परेड, तस्बिरमा हेर्नुहोस्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण