इन्जिनियरिङ एसोसिएसन बागमती प्रदेशलाई अस्ट्रेलियाबाट सहयोग
बुधबार, १४ जेठ २०७७, ०८ : ५१
नेपाल इन्जिनियरिङ एसोसिएसन बागमती प्रदेश समितिको सक्रियतामा निर्माण भइरहेको कोभिड-१९ स्वाब टेस्ट बुथका लागि अस्ट्रेलियाबाट सहयोग जुटेको छ ।
अस्ट्रेलियाको भिक्टोरियामा बसोबास गर्ने इन्जिनियरहरुको संस्था Society of Nepalese Engineers in Victoria, Australia को सक्रियतामा १ हजार ३४२ डलर संकलन गरि पठाइएको हाे । सो रकम रामेछाप जिल्लामा स्वाब कलेक्सन बुथ पठाउने गरी पठाइएको संस्थाले जनाएको छ ।
समितिको सक्रियतामा त्यस्ता बुथ हालसम्म विभिन्न १० वटा अस्पतालहरुमा प्रदान गरिसकिएको छ ।
बुध अग्रपंक्तिमा बसेर स्वाब संकलन गर्ने स्वास्थ्यकर्मीहरुलाई अत्यन्त उपयोगी रहने बताइएको छ । एउटा बुथ बनाउन करिब ९० हजार रुपैयाँ खर्च हुने बताइन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुस्तामा भारतीय सीमा सुरक्षा बलको हस्तक्षेपविरुद्ध माओवादीको प्रदर्शन (तस्बिरहरु)
-
कांग्रेसको संस्थापन इतर पक्षले भोलि आइतबार विराटनगरमा भेला गर्दै
-
नेपाल र चीनका पाँच दर्जन सगरमाथा आरोही बेजिङमा सम्मानित
-
एआई क्रान्तिको अँध्यारो पक्ष : १० किलोमिटरसम्म फैलिँदैछ ‘हट जोन’
-
पुराना दलको विकल्पमा दुई वटा स्पष्ट वैचारिक ‘वैकल्पिक शक्ति’ आवश्यक छ : बाबुराम भट्टराई
-
काठमाडौँमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको प्राइड परेड, तस्बिरमा हेर्नुहोस्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण