रसियामा कोरोना संक्रमण उच्चतम विन्दुमा पुगेपछि राष्ट्रपति पुटिनको प्रतिक्रिया
बुधबार, १४ जेठ २०७७, १२ : ५६
मस्को । रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनले रसियामा कोरोनाभाइरसको संक्रमण उच्चतम विन्दुमा पुगिसकेको मंगलबार घोषणा गरेका छन् । राष्ट्रपति पुटिनले विज्ञहरुको भनाईमा रसियामा कोरोनाभाइरस संक्रमणले उच्चतम विन्दु पार गरेको बताउनुभएको रसियाली रक्षामन्त्री सर्गेइ सोइगुले जानकारी दिएका छन् ।
रसियाली स्वास्थ्य मन्त्रालयको पछिल्लो विवरणअनुसार रसियामा कोरोना संक्रमितको संख्या तीन लाख ६२ हजारभन्दा बढी छ भने तीन हजार ८०० भन्दा बढी व्यक्तिको ज्यान गएको छ । विश्वभर कोरोना संक्रमितको संख्या ५७ लाख नाघेको छ भने मृत्यु भएका व्यक्तिहरुको संख्या पनि तीन लाख ५० हजारभन्दा बढी भइसकेको छ । –एएनआई
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लम्बियो प्रतिनिधिसभा बैठक बस्ने समय
-
संसद् रङ्गमञ्च जस्तो भयो, बोल्न निषेध गर्न पाइँदैन : सीके राउत
-
राजाभन्दा धनी प्रधानमन्त्री छन् यस देशमा
-
असोज पहिलो साता १० औँ संस्करणको फर्निचर एक्स्पो आयोजना हुने, पहिलो पटक किनमेल बजार
-
शराबीको ४० वर्ष : जब अमिताभको चोट स्टाइल बन्यो
-
महाधिवेशनबाट यस्तो बन्दै छ जसपा नेपालको कार्यसमिति