स्थानीय प्रशासनको बेवास्ताले कमला नदीमा चल्यो स्काभेटर
सिरहा । स्थानीय प्रशासनको बेवास्ताका कारण सिरहा र धनुषाको सिमाना छुट्याउने कमला नदीबाट ठेकेदारहरुले दिनदहाडै स्काभेटर चलाएर गिट्टीबालुवा निकाल्ने क्रम जारी रहेको छ । स्थानीय तह र प्रहरी प्रशासनकै आडमा उनीहरुलेनदीभित्रै स्काभेटर लगाएर दैनिक सयौं टिफर गिट्टी बालुका निकाल्ने गरेको स्थानीयको गुनासो छ ।
कर्जन्हा नगरपालीका ६ मा पर्ने कमला नदीको पूर्वीभागबाट स्काभेटर लगाएरै गिट्टी बालुवा निकाल्न थालेपछि रोक्न पुगेका स्थानीय युवाहरुलाई ठेकेदार पक्षले ढुङ्गामुढा गरी लखेट्ने गरेको स्थानीयले बताएका छन् ।
शनिवारमात्रै स्थानीयले नदीमा स्काभेटर सञ्चालनमा रोकेपनि आइतबार दिनभरी स्काभेटर लगाएर गिट्टी बालुका निकालेको स्थानीय क्षेत्रलालजित सिंहको भनाइ छ ।
उनले भने, ‘हामीले विहानै देखि रोकेपछि स्थानीय प्रहरी, जनप्रतिनिधीविच छलफलपछि स्काभेटर नलगाउने सहमति भयो शनिबार तर आइतबार दिनभर फेरि स्काभेटर चलाए ।’
सहमतिविपरित आइतबार बालुवा गिटी उत्खनन गरेको थाहा पाएर स्थानीयहरु नदीमा पुगेका थिए । तर ठेकेदारले ठूलो संख्यामा आफ्ना लठैतहरु जम्मा गरेको देखेपछि आफूहरु फर्कनुपरेको स्थानीय अभियानकर्मी प्रभात महतोले बताए ।
‘हामी स्काभेटर लगाएको थाहा पाउने वित्तिकै नदीमा पुग्यौं, तर सयौंको संख्याका लठैतहरु हतियार सहित बसेको सूचना पाएपछि रोक्न जान सकेनौं’, उनको भनाइ छ ।
स्थानीय युवाहरुले स्थानीय तहका प्रतिनीधि र प्रहरीलाई खवर गर्दा समेत चासो नदिएको गुनासो गरेका छन् ।
इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख प्रहरी इन्सपेक्टर सन्तुलाल जयसवालले नदीबाट गिट्टी बालुका स्काभेटर प्रयोग गरेर ननिकालेको जिकिर गरे । ‘नदिमा स्काभेटर लगेको सूचना पाउनसाथ मैले प्रहरी पठाएर उत्खनन रोकिसकेका छु’ उनको भनाइ छ । तर संचारकर्मी नदीमा पुग्दा ठूलो संख्यामा टिफर, स्काभेटर र लोडरले गिट्टी बालुवा उत्खनन गरिरहेको देखिन्थ्यो ।
यता सिरहाको कर्जन्हा नगरपालीकाले यसबारे खासै चासो दिएको छैन । नगर प्रमुख गंगा पासवानलाई सम्पर्क गर्दा उनीसँग सम्पर्क हुन सकेन । धनुषा तर्फका गणेशमान चारनाथ नगरपालीकाका प्रमुख रामबाबु यादवले जिल्ला विकास समितिको समन्वयमा स्काभेटर आएको बताए ।
प्रमुख जिल्ला अधिकारी सरोजराज गुरागाँईले त्यसरी नदीमा स्काभेटर लगाएर उत्खनन गर्न नपाइने भन्दै तुरुन्तै रोक्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सयौँ युवालाई ‘सहजकर्ता’ नियुक्त गर्दै सरकार, कार्यविधि अन्तिम चरणमा
-
खैरो हिरोइनसहित बिर्तामोडबाट एक जना पक्राउ
-
लागूऔषधसहित १३ जना पक्राउ
-
छोटो समयमा नै बालेन सरकारप्रति जनतामा निराशा चुलियो : प्रभु साह
-
बस्ती खाली गराउने क्रममा भएका त्रुटिलाई सरकारले सच्याउनुपर्छ : गगन थापा
-
भारतले सीमावर्ती क्षेत्रको जनसङ्ख्याको अवस्थाबारे अध्ययन गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण