भारतमा कोरोना भाइरस संक्रमितको संख्या १ लाख ९० हजार नाघ्यो
एजेन्सी । भारतमा आइतबार एकै दिनमा ८ हजार ३९२ जना कोरोना संक्रमित थपिएका छन् । सोमबार बिहानसम्म कोभिड–१९ संक्रमितको संख्या १ लाख ९० हजार ५३५ पुगेको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । सोमबार बिहान जारी तथ्याङ्कअनुसार भारतमा कोभिड १९ बाट मृत्यु हुने व्यक्तिको संख्या ५ हजार ३९४ जना पुगेको छ । यस संक्रमणबाट निको भएका बिरामीको संख्या ९१ हजार ८१९ जना रहेको पनि सो मन्त्रालयले जानकारी दिएको छ । हाल भारतमा ९३ हजार ३२२ जना कोरोना संक्रमित उपचाररत रहेका समाचारमा जनाइएको छ ।
कोभिड–१९ बाट सबैभन्दा बढी भारतको महाराष्ट्र राज्यका नागरिक संक्रमित भएका छन् । यहाँमात्र ६७ हजार ६५५ नागरिक कोरोना भाइरस संक्रमित रहेका छन् । महाराष्ट्रपछि तमिलनाडूमा दोस्रो स्थानमा रहेको छ । त्यहाँ २२ हजार ३३३ जनामा कोरोना भाइरसको संक्रमण रहेका छन् । दिल्लीमा १९ हजार ८४४ जना कोरोना संक्रमित रहेका छन् ।
भारतमा दुई महिना भन्दा बढी समयदेखि कोरोना भाइरस संक्रमण फैलिने डरले लकडाउन जारी रहेको छ । कोरोना भाइरसको संक्रमण क्रम नरोकिएपछि भारत सरकारले देशव्यापी रुपमा गरेको लकडाउनलाई मे ३१ सम्म जारी रहने घोषणा गरेको छ ।
कोरोना भाइरस नियन्त्रण र रोकथामको लागि लकडाउनको चौथो चरण आगामी मे ३१ सम्म जारी रहने भारत सरकारले जानकारी दिएको थियो । भारतीय गृहमन्त्रालयले गत २४ मार्चदेखि लागू गरिएको लकलडाउन थप १४ दिनको लागि बढाउने निर्णय गरेको छ । भारतमा पहिलो चरणको लकडाउन गत २४ मार्चमा लगाइएको थियो । दोस्रो चरण लकडाउन १५ अप्रिलमा शुरु भएको थियो । तेस्रो चरणको लकडाउन मे ४ बाट शुरु थियो ।
विगत केही दिनयता भारतभरि नै कोरोना भाइरसको संक्रमित को संख्यामा बृद्धि देखिएपछि चौथो चरणको लकडाउन गर्ने निर्णय गरिएको हो । भारतमा विगत केही दिनयता संक्रमणको बृद्धिदर उच्च देखिएको छ । यद्यपी अघिल्ला चरणका लकडाउनको तुलनामा चौथो चरण हालको लकडाउन केही खुकुलो गरिएको छ । –एएनआई
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
के छ केदार कार्कीले दर्ता गरेको रिटमा ? (पूर्णपाठ)
-
गठबन्धन फेर्ने गतिविधि ‘अन्डरकरेन्ट’ रूपमा चलिरहेको थियो : अध्यक्ष राई
-
बालमन्दिर जग्गा घोटालामा को–को विरुद्ध जारी भयो पक्राउ पुर्जी ? (नामावलीसहित)
-
महाधिवेशनबाट एक जनालाई श्रीपेच लगाउन खोजेपछि पार्टी विभाजन भयो : अध्यक्ष राई
-
फेरि फुट्यो जसपा, पहिचानवादी मोर्चा घोषणा
-
कोशीमा नयाँ सरकार गठनविरुद्धको रिट सर्वोच्चमा दर्ता