गठबन्धन फेर्ने गतिविधि ‘अन्डरकरेन्ट’ रूपमा चलिरहेको थियो : अध्यक्ष राई
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष अशोक राईले पार्टी विभाजनअघि वर्तमान गठबन्धन फेर्ने गतिविधि भित्रीरूपमा चलिरहेको स्वीकार गरेका छन् । बिहीबार पार्टीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष राईले सो कुरा बनाएका हुन् ।
गठबन्धनको अङ्कगणित कायम राख्न पार्टी विभाजन गरेको आरोपबारे प्रष्टीकरण दिँदै राईले आफूहरू राजनीतिक स्थायित्वको पक्षमा रहेको जिकिर गरे । ‘अङ्कगणित त मिलेकै थियो । तर अलिकति फेरफार गर्न केही गतिविधि अन्डरकरेन्ट चलिरहेका थिए । यो संवेदनशील थियो । हामी सतर्क हुनुपर्ने अवस्था थियो । हामी देश अस्थिरताको शिकार हुने अवस्था रहनुहुँदैन भन्नेमा सचेत थियौँ,’ उनले भने ।
अध्यक्ष राईले विभाजन पछि पनि आफ्नो पार्टी अपवाद बनेर स्थापित हुने जिकिर गरे । काम गर्ने तरिका शैली परिवर्तन गर्नुका साथै गतिविधि पारदर्शी र जनमुखी बनाएर जाँदा दललाई स्थापित गर्न सकिने उनले विश्वास व्यक्त गरे ।
उनले भने, ‘आजसम्म जसपा नेपालले जसरी नेतृत्व प्रदान गर्ने काम भयो, त्यसले उन्नति गर्न सकेन । मधेस प्रदेशमा मत घट्दै गयो । चुनाव जित्न पनि ४–५ वटा दलले साझा उम्मेदवार बनाउनुपर्ने स्थिति पैदा भएको छ । पार्टीको घट्यो साख र जनताको आकर्षणलाई पुनर्स्थापित गर्न सकिन्छ र गर्नुपर्छ भन्ने अठोटका साथ आएका छौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२० मेगावाटसम्मका आयोजना प्रदेश सरकारले निर्माण गर्ने
-
त्रियुगा क्षेत्रमा गर्मीले जनजीवन प्रभावित
-
मुख्यमन्त्री विजयसँग प्रेम सम्बन्धको भाइरल हल्लाबिच तृषाले तोडिन् मौनता
-
तुलसी अधिकारीको थुनछेक बहस सुरु
-
कोरम नपुगेपछि सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित
-
अनुमति लिएर मात्र अन्तःशुल्कजन्य वस्तुको कारोबार गर्न आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण