सुरु भयो लकडाउनको अवज्ञा, तस्विरमा हेर्नुहोस्
लकडाउन घोषणा भएको ७२ औं दिनमा व्यवसायीहरुले स्वतस्फुर्त रुपमा लकडाउनको उलङ्घन गरेका छन् । नेपाल राष्ट्रिय व्यवसायी महासंघको आह्वानमा बिहिबारदेखि व्यवसायीहरुले लकडाउन तोड्दै पसल खोल्ने निर्णय गरेका हुन् ।

बुधबार बसेको महासंघको बैठकले जेठ २२ गतेदेखि नियमित रुपमा बिहान ११ बजेसम्म सबै खाले पसल खोल्ने निर्णय गरेको हो । महासंघले बुधबार साँझ एक प्रेस विज्ञप्ति जारी गर्दै सो जानकारी गराएको छ । उपत्यकाभित्रका सबैखाले मल, सपिङ्ग सेन्टर, विशाल बजार, महावौद्ध लगायतका उपत्यका भित्रका मुख्य व्यापारिक केन्द्रहरु खुल्नेछन् । यी बाहेक उपत्यका बाहिरका मुख्य–मुख्य सहरका समेत बजार खुल्ने महासंघका अध्यक्ष नरेश कटुवालले जानकारी दिए ।

महासंघले बजार खुलाउनु पर्नाका तीनवटा कारण उल्लेख गरेको छ । सरकारले कर मागेको, बैंकले साँवा ब्याजको ताकेता गरेको र घरबेटीले घरभाडा मागेको अवस्थामा समेत व्यवसाय नखोले व्यवसाय पुन सुचारु गर्ने अवस्था नरहने भन्दै यस्तो निर्णयमा पुगेको अध्यक्ष कटुवालले बताए ।

यता, सरकारले पनि लकडाउनलाई बिस्तारै खुकुलो बनाउने तयारी सुरु गरेको छ । बुधबार विज्ञहरुसँगको छलफलपछि सरकारले यसबारे निर्णय गर्न आज मन्त्रिपरिषद् बैठक डाकेको छ ।
यहाँ प्रस्तुत गरिएका तस्विरहरु नयाँ सडक, असन लगायत क्षेत्रका हुन् । ११ बजेपछि भने पसलहरु बन्द गरिएका थिए ।













खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
-
कतार र स्विट्जरल्यान्डको खेल सुरु
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
-
विश्वकपमा कतार र स्विट्जरल्यान्डको सुखद सुरुवातको खोजी
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण