केथारसिस
शुक्रबार, २३ जेठ २०७७, १९ : ०५
कौरवहरूले जुरूक्क उठेर
रामको भजन गाउन थालेदेखि
देशको माटोले कालो गुलाबहरूको
साम्प्रदायिक खेती शुरू गरेको हो।
उनीहरू देशका अनुहारमा
धृतराष्ट्रका आँखा टाल्न चाहन्छन्
कौरवहरूलाई चिरहरण खुब मनपर्छ
चाहे त्यो द्रौपदीको होस् या संविधानको।
अतिबादको सुत्केरी ब्यथा लागेर
गोधरा फेरि ब्याउने तर्खरमा छ
लुते लोकतंत्रका ढल्नै लागेका
चौथो स्तंम्भहरू
हातमा टीआरपीको ट्रे बोकेर
सुसारे बनेर उभेका छन्।
निस्पट्ट कालो हिजाबभित्र
म जस्तै हजार-हजार मलाला,तस्लीमाहरु बाँच्दछन्
तर सिता र सती जलेको यो माटोमा
उनीहरूलाई फक्रनु वर्जित गरिएको छ
फूल्न प्रतिबन्ध लगाइएको छ
किन कि मलाला,तस्लीमाहरू
बाबाको होइन अबुको भाषा बोल्छन्।
ग्रेसी राई थुलुंग, मिरिक, दार्जिलिङ, भारत । हाल ईजरायल
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
-
सुदूरपश्चिम प्रदेशसभा : वार्षिक नीति कार्यक्रम पारित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण