अस्ट्रेलियामा नेपाली विद्यार्थीले खोले प्राविधिक कलेज, चाइल्ड केयर देखि अकाउन्टिङसम्मको पढाई हुने
अस्ट्रेलिया– तनहुँका सागर लोहनी को स्वामित्वमाअस्ट्रेलियाको न्यू साउथ वेल्समा प्राबिधिक कलेज इन्टरनेशनल इन्स्टिच्यूट अफ एजुकेशन खुलेको छ ।
उक्त कलेजमा चाइल्ड केयर, इन्फर्मेसन टेक्नोलोजी र अकाउन्टिङ लगायतका कोर्समा पढाई हुनेछ। ब्यवस्थापन र टेलिकम्युनिकेशन इन्जिनियरिङको समेत छिट्टै अनुमती प्राप्त गरि सन्चालन गरिने लोहनीले बताए। प्राबिधिक र व्यावसायिक सीप सम्बन्धि कोर्स भएकोले कलेजको पढाइ जुनसुकै देशमा अवसरमुलक हुने लोहनीको दावी छ।
अधिकांस विद्यार्थीको काम र पढार्इ बी सामान्जस्य नभएको सन्दर्भमा यस खाले प्राबिधिक बिषय पढेर स्नातक तथा स्नातकोत्तर अध्यन गर्ने विद्यार्थीले काम पाउन सजिलो हुने र आफ्नो पढार्इ अनुसारको काम समेत पाउने भएकाले यस प्रकारको कोर्स सुरु गरिएको लोहनीले बताए।
हालसालैका वर्षहरूमा अस्ट्रेलिया सरकारले आवासिय मापदण्डमा धेरै परिवर्तन गरेको छ। प्राबिधिक र व्यावसायिक सीप भएका व्क्तिलाई सहज हुने हुँदा कलेज प्रति विद्यार्थीको आकर्षण रहने लोहोनीको भनाई छ ।
सन् २००८ मा अस्ट्रेलियामा उच्च शिक्षा अध्ययन गर्न गएका लोहनी अस्ट्रेलियाको सिक्यू युनिभर्सिटीबाट अनुसन्धानमा स्नातकोत्तर गरेका छन। विभिन्न पेशा अपनाउँदै हाल आफ्नै ब्यवसायमा होमिएका लोहनी हाल चार्ल्स डार्विन युनिभर्सिटीबाट कानुनमा पनि स्नातकोत्तर अध्ययनरत छन्। रोटर्याक्ट र युनेस्को अभियानमा समेत सक्रिय लोहनीले नेपालमा साक्षरता सम्बन्धि विभिन्न कार्यक्रममा सहयोग पुर्याउँदै आएका छन।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सयौँ युवालाई ‘सहजकर्ता’ नियुक्त गर्दै सरकार, कार्यविधि अन्तिम चरणमा
-
खैरो हिरोइनसहित बिर्तामोडबाट एक जना पक्राउ
-
लागूऔषधसहित १३ जना पक्राउ
-
छोटो समयमा नै बालेन सरकारप्रति जनतामा निराशा चुलियो : प्रभु साह
-
बस्ती खाली गराउने क्रममा भएका त्रुटिलाई सरकारले सच्याउनुपर्छ : गगन थापा
-
भारतले सीमावर्ती क्षेत्रको जनसङ्ख्याको अवस्थाबारे अध्ययन गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण